८ वैशाख २०८१ शनिबार
समाज

एकै परिवारका दुई बालकको घाँटी रेटी हत्या

कलैया उपमहानगरपालिका ७ रंगपुरमा एकै परिवारको दुई जना बालकको अज्ञात समूहले हत्या गरेका छन्। हत्या गरिएकाहरु अब्दुर गफार मियाँ अंसारीका ९ वर्षीय छोरा उसमान अन्सारी र अर्का ७ वर्षीय छोरा अमिन अन्सारी रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

दुईजना बालकको घाँटी रेटीएको अवस्थामा मंगलबार बिहान शव भेटिएपछि घटनाको अनुसन्धान सुरु गरिएको मिश्रले बताए। कलैया उपमहानगरपालिका–७ रंगपुर मै रहेको मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको छ।

हत्या गरिएका दुबै जना सोमबार बलुकासँगै घरबाट बाहिर निस्किएको र उनीहरु मंगलबार बिहान शव फेला गरेको मिश्रले बताए।

दुबै बालकको हत्यामा स्थानीयहरुकै संलग्नता हुने अशंका गरिए पनि प्रहरीले घटनाको मूख्य दोषीलाई पहिचार गर्ने अवस्थामा पुगेको दावी प्रहरी नायब उपरीक्षक मिश्रले गरे।

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहयोग लिँदैछ। प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको उनले बताए।

वैदेशिक रोजगारीमा बाहिर गएका अब्दुर गफार मियाँ अंसारीका हत्या गरिएका दुई छोरा र दुई छारी थिए।

प्रकाशित: ४ जेष्ठ २०७८ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App