११ असार २०७८ शुक्रबार
समाज

कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लाबाट सुर्खेत जाँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा२०च७१५ नम्वरको जिप दैलेखको दुल्लुनगर पालिका –३ सियालामा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो।

मंगलवार विहान ६ बजे आसपासमा जिपको ब्रेक फेल भई कर्णाली राजमार्गबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता ईन्द्रजित सुनारले जानकारी दिएका छन्।  प्रवक्ता सुनारका अनुसार ब्रेक फेल भएको आंशका गरिएपनि सडक राम्रो भएकोले ड्राईभरको निन्द्रा नपुगेकाले दुर्घटना हुनसक्ने बताए।  

दुर्घटनामा जुम्ला गुठीचौर गाउँपालिका –४ का जिप चालक ३८ वर्षका रामहरि न्यौपाने, र गुठीचौर –२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा दुई जना मात्र सवार थिए। 

प्रकाशित: ४ जेष्ठ २०७८ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App