७ वैशाख २०८१ शुक्रबार
समाज

गाउँपालिका अध्यक्ष जेल चलान

जागिर लगाई दिने प्रलोभन लिएर एक बालिकालार्ईं जर्वरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव पुर्पक्षका लागि कारागार चलान भएका छन्।  

सोमबार जिल्ला अदालत सुनसरीमा थुनछेक बहस टुंगिएपछि न्यायाधीस टिकेन्द्र दाहालको आदेशमा पुर्पक्षका लागि यादवलाई कारागार चलान गरिएको हो।

१७ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानको टोलीले वैशाख ८ गते साँझ धरान वडा नं. ४  डुकु होटल एण्ड लजबाट उनलाई पक्राउ गरेको थियो।

सरकारी गाडीमा बालिका लिएर होटलमा पुगेको सूचना पाएका आधारमा यादव पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशसँगै यादवलाई थुनामा राख्नका लागि क्षेत्रीय कारागार झुम्का लगिएको छ।

प्रहरी प्रतिवेदनमा यादवले लामो समयदेखि इटहरी घर भएकी बालिकालाईं जागिर लगाईं दिने प्रलोभन दिएर जर्वरजस्ती करणी गर्ने गरेको खुलेको छ।  

यसैबीच,  जर्वरजस्ती करणी गरि फरार भएको आरोपमा एक जना बालक आइतबार राति इटहरीबाट पक्राउ परेका छन्। एक दिनअघि इटहरीकै एक नाबालिकालाई जर्वरजस्ती करणी गरी फरार भएका बालक पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

पक्राउ परेका बालकलाईं जिल्ला अदालतबाट जर्वरजस्ती करणी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको छ।

प्रकाशित: ३ जेष्ठ २०७८ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App