८ वैशाख २०८१ शनिबार
समाज

नेपालगन्जमा खुल्यो ‘मास्क बैंक’

नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणले बाँकेमा भयावह स्थित उत्पन्न भएपछि विभिन्न सहयोग अभियान थालिएको छ । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएकोमा नेपालगन्जमा ‘मास्क बैंक’ पनि सञ्चालनमा ल्याइएको छ ।  

बागेश्वरी असल शासन क्लब (बास) नामक गैरसरकारी संस्थाले विभिन्न दाताको सहयोगमा कोभिड प्रतिकार्यमा खटिएका व्यक्ति तथा आम नागरिकका लागि मास्क बैंक सञ्चालनमा ल्याएको हो । मास्क बैंकको सोमबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणा र उप–प्रमुख उमा थापामगरले संयुक्त रुपमा उद्घाटन गरे ।  

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा सञ्चालनमा आएको मास्क बैंकलाई विभिन्न स्वदेश र विदेशमा रहेका दाताले सहयोग गरेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिएका छन् ।

प्रकाशित: ३ जेष्ठ २०७८ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App