७ वैशाख २०८१ शुक्रबार
समाज

धरानमा तीन दिनको अन्तरमा संक्रमणबाट दम्पत्तीको निधन, दुई छोराको विचल्ली

फाइल तस्बिर

धरानमा तीन दिनको अन्तरालमा कोरोना संक्रमणबाट एक दम्पत्तीको निधन भएको छ । धरान १ स्थित सत्य साई मन्दिरमा हेरालुको रुपमा रहदै आएका एक दम्पत्तीको ३ दिनको बीचमा संक्रमणबाट निधन भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार वैशाख ३१ गते विराटनगरस्थित एक अस्पतालमा निधन भएको थियो । उनको ३७ वर्षीय श्रीमतीको पनि हिजो आइतबार करिब ५ बजेतिर होम आइसोलेसनमा नै निधन भएको मेहताले जानकारी दिए । मृतकको शवलाई राती नै नेपाली सेनाको टोलीले अन्त्येष्टी गरिसकेको छ ।  

छिमेकी एवं कांग्रेस नेता विकास आचार्यका अनुसार मृतक दम्पत्ति साई मन्दिर रेखदेख गर्थे भने श्रीमान कुकको पनि काम गर्ने गर्थे । कामको सिलसिलामा उनी धनकुटा गएका थिए । त्यहाँबाट फर्कदा ज्वरो आएपछि उनलाई विराटनगरस्थित अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको विराटनगरमा नै निधन भएको थियो ।  

श्रीमानको कुरुवा बसेकी श्रीमतीलाई पनि संक्रमण भएपछि होम आइसोलेसनमा नै बसेकी थिइन् । आइतबार चिच्याउने, कराउने गरेपछि स्थानीयले उपमहानगरपालिकामा खबर गरेका थिए । अस्पतालमा बेडको व्यवस्थापन गरेर राती १ बजे एम्बुलेन्स लिन पठाउदा पनि बिरामीले अस्पताल नजाने भनेपछि लैजान नसकिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए । मृतक दम्पत्तिका १५ वर्षभन्दा कम उमेरका २ जना छोरा छन् । उनीहरुको बुबा पट्टिको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएको छिमेकी आचार्यले जानकारी दिए । उनले भने,‘सानीआमा पर्ने धरानमा छ भन्ने सुनेका छौं, बुबा पट्टीको त केही पनि देखिएको छैन । दुई छोराको विचल्ली होला जस्तो भयो ।’

 

 

प्रकाशित: ३ जेष्ठ २०७८ ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App