८ वैशाख २०८१ शनिबार
समाज

जनशक्ति नहुँदा भेन्टिलेटर थन्कियो

तस्बिर: गोविन्द केसी/नागरिक

जिल्ला अस्पताल दैलेखमा एक वर्षअघि ल्याईएको भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा थन्किएको छ । अस्पतालमा दुई वटा भेन्टिलेटर मेशिन जडान गरिएपनि जनशक्ति नहुँदा प्रयोगमै नल्याई थन्किएको हो ।

भेन्टिलेटर मेशिन चलाउन एमडी गरेका डाक्टरले विशेष तालिम लिएपछि आवश्यक जनशक्ति २४ घण्टा खटिने अवस्था भएपछि मात्र संञ्चालनमा आउने छ । तर, जिल्ला विशेषज्ञ डाक्टरविहिन छ । जनशक्ति नहुँदा भेन्टिलेटर मेशिन ल्याएदेखी प्रयोगमा नआएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले बताए । कोभिडको यस्तो महामारीमा मेशिन भएपनि गम्भिर प्रकृतीका विरामी भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा थन्काउनुपरेको रेग्मीको भनाई छ । 

दिनानुदिन कोभिडका विरामीहरु सदरमुकाममा बनाएको कोभिड अस्पतालमा आउने क्रम बढ्दो छ । स्वासप्रस्वासमा हानी पुगेका दम, स्नायू प्रणालीमा खरामी, स्पाइनल कर्ड इन्जुरी भएका, जटील शल्यक्रिया गर्नुपर्ने विरामी लगायतका अनिवार्य भेन्टिलेटरमा राख्नुपर्छ । गम्भिर प्रकृतीका विरामी देखीए सुर्खेत वा नेपालगंज रिफर गर्नु परेको दैलेख अस्पतालले जनाएको छ । अहिले स्वास्थ्य सेवा निर्देशनालय र स्वास्थ्य सेवा विभागले सामान्य अक्सिजन उपकरण र स्वास्थ्य सामग्री पठाएको छ । जनशक्ति भने नपठाएको अस्पतालको भनाई छ ।

प्रकाशित: २ जेष्ठ २०७८ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App