coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शवसँगै मनहरु जल्छन्...

यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहारमा पीडा झल्किरहेको थियो। शव जल्दा उनीहरुको मन जलिरहेको देखिन्थ्यो। उक्त दिन १ सय ८७ जना कोरोना संक्रमितको ज्यान गएको थियो। पशुपति विकाश कोषका सदस्य सचिब प्रदिप ढकालका अनुसार शनिबार यहाँ सयवटा शवको दाहसंस्कार गरिएको थियो।  

नेपालमा कोरोना संक्रमितको मृत्युदर बढ्दै गएकाले पछिल्लो समय नदी किनारमा पनि अन्तिम संस्कार गरिन थालेको हो।

यहाँ विधुतीय र परम्परागत दुबै थरीले अन्तिम संस्कार गरिन्छ। विधुतीय शवदाहगृहमा ३ वटा मेसिन रहेको छ। दैनिकी १५ देखि २० वटासम्म शव जलाउन सकिने क्षमता रहेको पशुपति विकाश कोषका सदस्य सचिब प्रदिप ढकालले बताए। तर पछिल्लो परिस्थितिमा शवको संख्या बढेकाले विधुतीयसंगै बागमतीको किनारमा समेत दाउरामा शव दाह गरिँदै आएको हो। पशुपति विकाश कोषको सहकार्यमा नेपाली सेनाले दाहसस्कारमा मद्धत गरिरहेका छन्।  

यस कार्यमा ३५ जनाले मद्धत गरिरहेका छन्। यही परिस्थितले शवको संख्या बढ्दै गए पशुपति विकाश कोष सम्पूर्ण अवस्थाका लागि तयार रहेको सदस्य सचिब प्रदिप ढकालले बताए।  

हाल कोरोना संक्रमणका कारण देशभरका विभिन्न अस्पतालमा संक्रमितले भरिएको छ। कतिपय अस्पतालले नयाँ विरामीको भर्ना लिन समेत छोडेका छन्। अस्पतालमा विरामीले ठाउँ नपाएर अस्पताल वरिपरि छट्पटाईरहेका छन्। दैलोमा विरामी छट्पटाइरहेका छन्। आफन्तहरु भने विरामीलाई भर्ना गराउन र उनीहरुका लागि अक्सिजन खोज्न मरिमेटि रहेका छन्। अक्सिजन, भेन्टिलेटर आदि स्वास्थ्य उपकरणहरुको अभावले भयावहस्थिति सिर्जना भएको छ।  

अर्को तर्फ डाक्टर, नर्स र स्वास्थ्य विभागका कर्मचारीहरु दिनरात सबै कुरा त्यागेर मिहिनेत गर्दै मानिसको सेवामा लागेका छन्। उनीहरुको ज्याननै जोखिममा हुँदा पनि सेवामा कुनै किसिमको असर आउन दिई रहेका छैनन्। आफूल सक्दो प्रयास गरेर विरामीको ज्यान बचाउनतिर लागेका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमितको संख्या ८ हजार १ सय ६७ रहेको छ। हालसम्म नेपालमा मृतकको संख्या ४ हजार ८ सय ५६ रहेको छ। अहिले कोरोना संक्रमणको संख्या सोचेभन्दा बढी हुँदै गएको छ। छिमेकी राष्ट्र भारतमा संक्रमण विश्वकै उच्च छ। त्यहाँको सञ्चार माध्यमको डाटा अनुसार करिब ४ हजारको ज्यान गइरहेको छ भने लाखाँै संक्रमितको संख्या थपिँदै पनि गएको छ।  

नेपालसंग भारतको खुल्ला सीमानाकाका कारण आउने क्रम पनि जारी थियो। जसका कारण नेपालमा कोरोना संक्रमितको संख्या बढेको धेरैले टिप्पणी गर्दै आईरहेका छन्। भारतमा र नेपालको कारोनाको एउटै भेरियन्ट रहेको मानिएको छ।  

अहिले प्रायः सबै जिल्ला निषेधाज्ञामा रहेको छ। सबैभन्दा बढी प्रभाव काठमाडौं, बाँके, मोरङ आदि जिल्लामा रहेको छ। देशभर संक्रमण भएका ४ हजार बढी मानिसहरुले ज्यान गुमाएका छन्। संक्रमितको संख्या दैनिक बढ्ने क्रममा छ।

प्रकाशित: २ जेष्ठ २०७८ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App