८ वैशाख २०८१ शनिबार
समाज

म्याग्दीमा एकैदिन थपिए २ सय ३५ संक्रमित

म्याग्दी जिल्लामा हालसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सक्रमित थपिएका छन् । जिल्लाबाट स्वाब संकलन गरी अञ्चल अस्पताल बागलुङमा पठाइएकोमा पिसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ३५ जनामा कोरोना पुष्टी भएको हो । संक्रमितमध्ये प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको विवरणमा १ सय महिला र १ सय ३० पुरुष गरी २ सय ३० जना छन् भने बेनी अस्पतालमा एन्टिजेन विधिका थप ५ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।  

उनका अनुसार बेनी नगरपालिकाका ६४ जना, मंगला गापा २८ जना, रघुगंगाका गापा ५२ जना, अन्नपूर्ण गापा ७५ जना, धवलागिरी गापा १ जना र पवर्तको जलजला गाउँपालिकाका ३ जना गरी जम्मा २२३ जना(पिसिआरबाट) र रघुगंगा ५ जना, बेनपा ४ जना, धवलागिरी २ जना र मालिका १ जना गरी जम्मा १२ जना (एन्टिजेन विधिबाट) रहेका छन् । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ८७९ पुगेको छ (७६९ पिसिआरबाट र ११० एन्टिजेन विधिबाट) साथै शनिबार १० जना संक्रमणमुक्त भएका छन् । नयाँसँगै म्याग्दीमो सक्रिंय संक्रमितको संख्या ४ सय ४५ जना रहेको जनाइएको छ । म्याग्दीमा यसअघिको सक्रिय संक्रमित भन्दा एकैदिन भेटिएका संक्रमितको संख्या धेरै देखिएका छन् ।  

म्याग्दीबाट पठाइएको ४ सय २८ नमुनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यता गण्डकी प्रदेशमा भेटिएका संक्रमतिमध्ये सबैभन्दा धेरै समेत म्याग्दीका छन् भने छिमेकी जिल्ला मुस्ताङसँगै मनाङ र लमजुङमा सुन्य संक्रमित रहेका छन् भने पर्वतमा २२ जना र बागलुङमा ७९ जना रहेको निर्देशनालयले जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा नयाँ संक्रमितको संख्या अत्याधिक रहेको बताइएको छ । 

बेनी नगरपालिकाका संक्रमित होम आइसोलेसनमा छन् भने गाउँपालिकमा रहेको संस्थागत आइसोलेसनमा भने संक्रमित बस्न थालेका छन् । शनिबार नै बेनी नगरपालिका ४ सिंगा तातोपानीका एक संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ ।

प्रकाशित: १ जेष्ठ २०७८ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App