८ वैशाख २०८१ शनिबार
समाज

महामारीमा नेपाल युथ फाउन्डेसनको अपिल

नेपालमा कोरोना महामारीको दोस्रो लहर चलेसंगै स्वास्थ्य उपकरणको अभाव बढ्दै गएको छ। कोरोना संक्रमण भएका विरामीले विभिन्न अभावहरुको सामाना गर्दै आइरहेका छन्। उपचार नपाएर प्रत्येक दिन संक्रमितले ज्यान गुमाउनु परेकाे छ। यस्तो अवस्थामा नेपाल युथ फाउन्डेसनले ललितपुर महानगरपालिका र पाटन हस्पतालको सहयोगमा ५० बेडको आइसोलेसन सञ्चालन गरि निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ।  

सो संस्थाले अहिलेको कठिन परिस्थितिमा सबैलाई एकजुट भई सहयोग गर्न अपिल गरेको छ। २४ बेडको कुपोषित बालबालिका रिह्याब सेन्टरलाई ५० बेडको आइसोलेसन सेन्टरमा परिणत गरेको संस्थाका कार्यकारी निर्देशक राजु धमलाले जानकारी दिए। आगामी दिनमा कोभिडलाई मध्यनजर गर्दै उनले बेडहरु पनि थप्ने योजना रहेको बताए।  

यसका साथै ३ देखि ५ आइसियू बेड अन्नपूर्ण न्यूरो अस्पतालको प्राविधिक सहयोगमा बनाउने प्रयास गरिरहेको धमलाले बताए। यसका लागि संस्थाले सहयोगको अपिल गरेको छ। सहयोगको रकमले गरिब तथा असाह्य कोरोना संक्रमित विरामीलाई दैनिकी खाना, अक्सिजन, आइसियू, एम्बुलेन्स तथा अन्य आवश्यक कुरा प्रदान गर्न सहयोग हुने उनको भनाइ छ। हामीले सबै सरोकारवाला र सरकार पक्षसँग सहयोगको अपिल गरिरहेका छौं, उनले भने, 'तपाईहरुको सहयोगले नै गरिब तथा अति आवश्यक बिरामीलाई नयाँ जिवनदान मिल्ने छ।'  

उक्त संस्थाले नेपाल ईन्भेस्टमेन्ट बैंक लगनखेल शाखामा नेपाल युथ फाउन्डेसनको नाममा रहेको खाता नम्बर ०४००१०३०२६२४२२ मा रकम जम्मा गेरर सहयोग गर्न पनि अपिल गरेको छ। यस्तै, कुनै जिज्ञासा वा जानकारी चाहिएमा संस्थाका संयोजक सुनिता रिमाललाई ९८५१०५४५०५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।  

प्रकाशित: १ जेष्ठ २०७८ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App