coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२४ घण्टाभित्र बाँकेमा थप १४ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा २४ घण्टाभित्र थप १४ जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँकेसहित विभिन्न जिल्लाका रहेका छन् ।  

केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर–८ बाँकेकी २६ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा उनको शनिबार दिउँसो २ बजेर ४० मिनेटमा मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा वैशाख १९ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो । लामो समयसम्म होम आइसोलेसनमा बसेकी उनी शनिबार मात्र भेरी अस्पतालमा भर्ना भएकी थिईन् ।

कुमाख–२ सल्यानका ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको हो । शिक्षण अस्पताल कोहलपुरमा वैशाख २१ गते भर्ना भएका उनलाई वैशाख ३१ गते कोरोना पुष्टि भएको थियो ।  

यस्तै कोहलपुर–११ बाँकेकी ४१ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार बिहान १० बजे मृत्यु भएको हो । मेडिकल कलेजमा बैशाख २० गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि भोलिपल्ट उनी भर्ना भएकी थिईन् ।

बाँसगढी–४ बर्दियाकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ । सैनिक अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको शनिबार बिहान ९ बजेर ५ मिनेटमा मृत्यु भएको हो । सैनिक अस्पताल नेपालगन्जमा बैशाख २६ गते भर्ना भएकी उनलाई वैशाख ३० गते पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ भएको थियो ।  

नेपालगन्ज–७ बाँकेका ४४ बर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार बिहान ८ बजे मृत्यु भएको हो । मेडिकल कलेजमा बैशाख १५ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि वैशाख १८ गते भर्ना भएका थिए ।  

यसैगरी मधुवन–१ बर्दियाका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ७ बजेर ३० मिनेटमा मृत्यु भएको हो । वर्दियामा बैशाख १७ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि उनी १३ दिनपछि बैशाख ३० गते भेरी अस्पतालमा भर्ना भएका थिए ।  

गुलरिया–१० बर्दियाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको शनिबार बिहान ४ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । बर्दियामा बैशाख २५ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि २७ गते शिक्षण अस्पताल कोहलपुरमा आएर भर्ना भएका थिए ।  

ठाकुरबाबा–१ बर्दियाकी ३४ वर्षीया गर्भवतीको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान २ बजेर ५८ मिनेटमा मृत्यु भएको हो । भेरी अस्पतालमा बैशाख २२ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएपछि उनी वैशाख २४ गते अस्पताल भर्ना भएकी थिईन् ।  

त्यस्तै बनगाड–४ सल्यानकी ६० वर्षीया महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा शुक्रबार राती ११ बजे मृत्यु भएको हो । वैशाख १२ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि सोही दिन भर्ना भएकी थिईन् ।  

नेपालगन्ज–१९ बाँकेका ३९ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा शुक्रबार राती ८ बजेर ३० मिनेटमा मृत्यु भएको हो । भेरी अस्पतालमा बैशाख ३० गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।  

कोहलपुर–९ बाँकेका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको शुक्रबार बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको हो । मेडिकल कलेजमा वैशाख १५ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टि  भएपछि वैशाख २१ गते अस्पताल भर्ना भएका थिए ।

त्यसैगरी कोहलपुर–४ बाँकेका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार अपरान्ह ४ बजेर २० मिनेटमा  मृत्यु भएको हो । बागेश्वरी ल्याबमा वैशाख २६ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि सोही दिन उनी अस्पताल भर्ना भएका थिए ।  

ठाकुरबाबा–१ बर्दियाका ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार अपरान्ह ४ बजे मृत्यु भएको हो । भेरी अस्पतालमा वैशाख २१ गते भर्ना भएका उनलाई भोलीपल्ट पिसिआर रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।  

बैजनाथ–२ बाँकेकी ३७ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको शुक्रबार दिउँसो ३ बजेर ३० मिनेटमा मृत्यु भएको हो । मेडिकल कलेजमा वैशाख १८ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि उनी वैशाख ३० गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिईन् । योसँगै कोरोना संक्रमणबाट बाँकेका २ सय ३२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १ सय ७८ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

प्रकाशित: १ जेष्ठ २०७८ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App