१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा थप १० दिन निषेधाज्ञा, स्वास्थ्य सेवाबाहेक ठप्प

क्याप्शन

जुम्लामा दोस्रो चरणको निषेधाज्ञा शुरु भएको छ । शुक्रबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले जिल्ला सुरक्षा समितिलाई १० दिन कडा निषेधाज्ञा जारी गर्न सिफारीस गरेपछि दोस्रो चरणको निषेधाज्ञा शुरु भएको हो ।  

यसअघि वैशाख २३ गतेदेखि ३१ गते सम्म निषेधाज्ञा गरिएको थियो । दोस्रो पटकको निषेधाज्ञा शनिवार दिउँसो १२ बजेदेखि लागु हुने गरी  जेठ ११ गते सम्मका लागि गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण फैलन नदिको लागि निषेधाज्ञा बाहेकको विकल्प नभएको निष्कर्ष निकालेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए ।

दिउँसो १२ बजे देखि सदरमुकाम खलंगा र ग्रामीण बजारमा रहेका मेडिकल सेवा बाहेक सबै सेवा ठप्प छन् । सडकमा सवारीसाधन चलेका छैनन् । अति जरुरी यात्रा गर्नु पर्ने सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले पासको व्यवस्था गरेको छ । प्रशासन कार्यालयबाट पास लिइएका सवारीसाधन मात्र चल्न पाउने भएका छन ।  

निषेधाज्ञा अवधि भर सञ्चालन हुने सरकारी तथा निजि सवारी साधनले अनिर्वाय रूपमा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सवारी पास लिएर मात्र सञ्चालन गर्नु पर्ने उनले बताए ।  कोभिड–१९ को तीव्र  संक्रमण बढेको  र  जनसमुदायको लापरवाही बढेकोले निषेधाज्ञा जारी गर्नु परेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।  

कोरोना संक्रमण फैलन नदिको लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पुर्ण पालना गर्ने जुम्लाबासीले जनाएका छन । यो बीचको समयमा जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परिक्षण र एन्टीजेन परिक्षणको लागि दायरा बढाउनेछन् ।

हरेक स्थानीय तहले न्युनतम ५० बेडको आइसोलेसन निर्माण गर्नुपर्नेछ । ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनु पर्ने बैठकले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले निषेधाज्ञाको पुर्ण पालना गर्न आग्रह गरेका छन् ।  

उनले भने, ‘कोरोना संक्रमणको दर तीव्र  रुपमा बढिरहेको छ । घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउने, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्दै नियमित रुपमा सावुनपानीले हात धुने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने विषयमा चनाखो रहन अपिल गरिएको छ । ’

अहिले पहिलो चरणको कोरोना संक्रमणका बेला स्थानीयतहमा बनेको क्वारेन्टिन,आइसोलेसन बेडको प्रयोग हुन सकेको छैन । कोरोना संक्रमणका फैलिएको लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीसँग आवश्यक परामर्श लिन आग्रह गरिएको छ ।  

प्रकाशित: १ जेष्ठ २०७८ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App