८ वैशाख २०८१ शनिबार
समाज

धनकुटामा लम्बियो निषेधाज्ञा

धनकुटा जिल्लामा कोरोना भाईरसको संक्रमण दर बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा थप गरिएको छ । जिल्ला क्राईसिस म्यानेजमेन्ट कमिटीको बैठकले धनकुटा जिल्लाभर लागु हुने गरी गए रातीदेखि जेठ १५ गते सम्म  कडा निशेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार धनकुटा जिल्लाभर जेठ १५ गते सम्म निशेधाज्ञा जारी गरिएको हो ।

यो समयमा सम्पूर्ण व्यवसाय तथा पसलहरु नीजि तथा सार्वजनिक भाडाका सवारी साधनहरु बन्द रहने तर दैनिक उपभोग्य तथा आत्यावाश्यक सामग्री, फोहर बोक्ने सवारी साधान, एम्बुलेन्स लगायतका साधानहरुसंचालन हुने जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।

जिल्लाभरी विहान ६ बजे देखि ९ बजे सम्म र अपारहन्न ४ देखि ६ बजे सम्म अत्यावश्यक तथा दैनिक उपभोग्य सामग्रीहरुको पसल खुल्ला रहने र अन्य सम्पूर्ण पसल तथा व्यवसाय बन्द गर्ने निर्णय भएको छ ।

प्रकाशित: १ जेष्ठ २०७८ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App