१६ चैत्र २०८० शुक्रबार
समाज

कोरोनाबाट धादिङमा थप दुई जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट धादिङमा थप दुई जनाको मृत्यु भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं २ का ८४ वर्षीय पुरुष र नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीकी ५४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।  

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेपछि पिसिआएर परीक्षण गरिएकोमा वैशाख ३० गते आएको रिपोर्टमा पोजेटिभ देखिएको थियो । धादिङ अस्पतालले संचालन गरेको अस्थायी कोभिड १९ अस्पतालको आइसोलेसनमा उपचारपछि थप उपचारका लागि नुवाकोटको त्रिशुली अस्पतालमा रिफर गरिएको थियो । शुक्रबार बेलुकी मृत्यु भएको हो ।  

त्यस्तै नीलकण्ठ नगरपालिका वडा नं ३ की महिलाको शनिबार बिहान मृत्यु भएको हो । बिरामी भई स्वाब संकलन गरि परीक्षणका लागि पठाइएकोमा वैशाख २४ गते कोरोना पोजेटिभ देखिएको थियो । धादिङबेसीको आइसोलेसनमा अक्सिजनको अभावका कारण बिहीबार त्रिशुली अस्पताल नुवाकोटमा रिफर गरिएको थियो ।  

धादिङ जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । शुक्रबार बेलुकीसम्म धादिङमा कोरोनाका सक्रिय संक्रमित ९ सय २२ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित: १ जेष्ठ २०७८ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App