१६ चैत्र २०८० शुक्रबार
समाज

एम्बुलेन्सका लागि हैरानी

शुक्रबार राती फिदिममा एक जना बिरामीलाई श्वावप्रस्वासमा समस्या भएपछि उपचारका लागि झापाको सुविधासम्पन्न अस्पताल लैजानु पर्ने भयो । विरामी लैजानका लागि एम्बुलेन्स पाउन निक्कै कठिन भयो । एम्बुलेन्स नभएर होईन, अनेकन बाहानमा एम्बुलेन्स नपाईएपछि समस्या भयो ।  

एकातर्फ बिरामीलाई समस्या चर्किदै, अर्को एम्बुलेन्स जान नपाउँदाको समस्या, यहा ँभन्दा ठुलो जटिलता के होला ? दश बजेदेखि एम्बुलेन्स खोज्दा बल्ल दुई बजे पाइएको थियो ।

फिदिमबाट विर्तामोड एम्बुलेन्समा बिरामी लैजान ४/५ घण्टा लाग्छ । विर्तामोडका अस्पतालमा बिरामीलाई उपचारका लागि बेड पाउन उस्तै समस्या छ ।

एम्बुलेन्स खोज्न खटिएका महेन्द्र खडका भन्छन् ‘सबैले विभिन्न समस्या देखाउँछन् । भन्नु पर्ने सबै ठाँउमा भन्यौँ । एकातर्फ विरामीको अवस्था विग्रिरहेको छ । यहाँ भन्दा समस्या के होला र । कोहिले तेल छैन, कोहि बारेको छैन, कोहिले भखर आएको भन्दै आलटाल गरे ।’

खडकाका अनुसार एम्बुलेन्स खोजेर विरामी पठाउन चार घण्टा लाग्यो ।  ‘यो पहिलो घटना हैन । पछिल्लो समय मैलेनै यस्तो समस्या भोगेको छु ।’

जिल्लामा २० वटा एम्बुलेन्स सञ्चालनमा छन् । विरामी समस्या परेको बेला एम्बुलेन्स जुटाउन समस्या भएपछि स्थानीय बासिले असन्तुष्ट व्यक्त गरिरहेका छन् । सरकारी सुविधामा आएको एम्बुलेन्स विपत्तको बेलामा सहज र व्यवस्थित रुपममा सञ्चालन हुने पर्ने माग छ । फालेलुङ–२ बाट कोभिडको बिरामी फिदिम ल्याउन पनि एम्बुलेन्सको समस्या भयो । उनलाई पिकअपमा फिदिम ल्याउनु पर्यो ।  

अस्पतालमा एम्बुलेन्स पार्क गरेर राखेपनि आवश्यकता पर्दा सहज उपलब्ध हुन कठिन छ । राज्यको सुविधा आएका एम्बुलेन्सको व्यवस्थापनमा विगतदेखिनै समस्या हुने गरेको छ । कोरोनाका भाइरसका कारण उत्पन्न जटिल परिस्थितिमा पनि एम्बुलेन्स व्यवस्थापन गम्भीर ध्यान दिइएको पाइएको छैन।  

कोभिडको संक्रमण बढिरहँदा जिल्लामा एम्बुलेन्सको व्यवस्थापनको जिम्मा रेडक्रसलाई दिइएको छ । रेडक्रसले समन्वय गरेर एम्बुलेन्सलाई व्यवस्थापन गर्ने गरी जिम्मा दिइएको छ । कोरोना संक्रमणका विरामीका लागि समन्वय गर्ने काम गरीरहेको दाबि रेडक्रसका अधिकृत गुरु तिम्सिनाको रहेको छ ।

गुनासो सुनिएकाले एम्बुलेन्स सञ्चालक सहितको बैठक बोलाएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले बताए । सञ्चालकहरुसँग बैठक बसेर निर्णय लिने उनले बताए ।  

प्रकाशित: १ जेष्ठ २०७८ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App