१६ चैत्र २०८० शुक्रबार
समाज

चीनले सगरमाथा आरोहणमा लगायो रोक

नेपालमा नयाँ भेरियन्टसहितकाे कोरोना भाइरसको संक्रमण बढेसँगै चीनले विश्वकै अग्लाे शिखर सगरमाथाको आरोहणमा रोक लगाएको छ। सिन्वा न्यूज एजेन्सीका अनुसार चीनले शुक्रबार यस विषयमा सूचना जारी गरेको छ।  

कोरोना भाइरसको संक्रमणबाट बच्न चीनले यस्तो निर्णय लिएको बताएको छ। चाइनाज जेनेरेल एडमिनिस्ट्रेशन अफ स्पोर्टले सो निर्णय शनिबार सार्वजनिक गरेको हो। चीनले आफ्नो देशको भूभागबाट ८ हजार ८ सय ४९ मिटर अग्लो सगरमाथा हिमाल आरोहणमा रोक लगाएको हो। चीनले आफ्नो ३८ जना नागरिकलाई यस सिजनमा आरोहणका निम्ति अनुमति दिएको थियो। नेपालले भने ४ सय ८ जनालाई अनुमति दिएको छ।

सगरमाथा आरोहणका लागि एप्रिल र मे महिनालाई सर्वोत्कृष्ट मानिन्छ। यस सिजनमा सबैभन्दा धेरै पर्वातारोहीहरुले पर्वातारोहणका लागि अनुमति लिँदै आएका छन्। एजेन्सीका अनुसार अनुमति रद्ध हुनुको कारण नै कोभिड १९ को त्रास हो।

सगरमाथा आरोहणको क्रममा हालै एक स्विस नागरिक र एक अमेरिकन नागरिकको ज्यान गएको हो। नेपालमा अहिले अक्सिजनको अभाव दखिएको छ। पर्वातारोहीलाई समेत अक्सिजनको खाली सिलिन्डर फिर्ता ल्याउन सरकारले निर्देशन दिएको छ।  

गत आइतबार चीनले आफ्नो देशबाट सगरमाथा जानका लागि छुट्टै सीमा बनाउने समेत बताएको थियो। सीमा छुट्याउनुको मुख्य लक्ष्य नेपालको माध्यबाट जानेहरुसंग भेट नगराउने रहेको छ। विश्वको सर्वोच्च शिखर २९ हजार ३२ फिट रहेको छ।

प्रकाशित: १ जेष्ठ २०७८ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App