coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरानमा दुईजना कोरोना संक्रमितको निधन

कोरोना संक्रमणबाट आज धरानमा थप दुईजनाको निधन भएको छ। धरानको वडा नं ११ र वडा नं १५ का कोरोना संक्रमितको निधन भएको हो। धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका वडा नं ११ का ४० वर्षीय पुरुषको आज बिहान करिब ३ बजे निधन भएको थियो। उनको धरान १० स्थित विजयपुर हस्पिटलमा उपचारको क्रममा निधन भएको मेहताले जानकारी दिए।  

यस्तै, वडा नं १५ की ८५ वर्षीय वृद्धाको पनि आज बिहान करिब साढे ३ बजे  मृत्यु भएको हो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा वृद्धाको मृत्यु भएको मेहताले बताए। कोभिड १९ को दोस्रो महामारी सुरु भएपछि वैशाख महिना यता धरानमा मात्रै मृत्यु हुने संक्रमितको संख्या १७ पुगेको पनि मेहताले जानकारी दिए। यस्तै, संक्रमित हुनेको कुल संख्या ९०२ पुगेको छ।

प्रकाशित: १ जेष्ठ २०७८ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App