coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बरहथवाका वडाध्यक्ष पक्राउ

सर्लाहीको बरहथवा नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन्। बालकलाई ठक्कर दिई फरार रहेको भनिएका बरहथवा नपा १३ का वडाध्यक्ष जयनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो। 

गत बैशाख २५ गते बरथवा नपा ३ भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर ३० एस ९२४५ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय चार वर्षीय बालक आदित्य महतोलाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो।  

इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले फरार रहेका वडाध्यक्ष यादवलाई पक्राउ गरेको बताए। उनले वडाध्यक्ष यादवलाई मलंगवा अदालतबाट ६ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: ३१ वैशाख २०७८ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App