८ वैशाख २०८१ शनिबार
समाज

गण्डकीमा थप २३ जना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाले थप २३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी कास्कीका १० जना रहेका छन् । त्यस्तै स्याङजाका ६, बागलुङ र तनहुँका ३–३ तथा पाल्पाका एकजनाको पनि मृत्यु भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार छोटो अवधिमै सबैभन्दा बढी संख्यामा ज्यान गुमेको यो नै पहिलो हो । निर्देशनालका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार प्रदेशमा अब कोरोनाले ज्यान गुमाउनेको संख्या ३४१ पुगेको छ । पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको शर्माले बताए ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १७५८ जनाको परीक्षण गर्दा ६८० जना नयाँ संक्रमित पुष्टि भएका छन् । यो अवधिमा ४३१ जना संक्रमित निको भएका छन् । सबैभन्दा बढी ३०६ जना संक्रमित कास्कीमा थपिएका छन् । प्रदेशको कास्कीमा मात्र सबैभन्दा बढी ३६ सय ३० जना सक्रिय संक्रमित रहेको निर्देशनालयले बताएको छ ।

प्रकाशित: ३१ वैशाख २०७८ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App