coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मनकारी कलाकारः विपन्न परिवारका घरघरमा खाद्यान्न उपलब्ध गराउँदै

नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिँदै गइरहेको छ। लक्षणसहितको बिरामीको संख्या बढ्दै गएकाले अधिकाशं अस्पतालका कोभिड वार्ड सबै भरिभराउ छन्। दैनिक संक्रमण दर बढ्दै गएकाले अस्पतालमा अक्सिजन पनि अभाव हुन थालेको छ। यो अवस्था सिर्जना भएसँगै आम सर्वधारणमा कोरोनाको त्रास झन बढेको छ। 

कोरोनाको त्राससँगै अहिले काम गरेर बिहान–बेलेकी छाक टार्नेहरु घरमै खुम्चिन बाध्य भएका छन्।  कोरोना महामारीका गर्दा उनीहरुले काम गर्न पाएका छैनन्। कोरोना संक्रमणको चिन्ता त छदै छ, तर काम गर्न नपाए पछि बिहान बेलुकी छाक कसरी टार्ने भन्ने अर्काे चिन्ता थपिएको छ। यस्तै  सम्राट चौलागाई र मेरी बास्सैका कलाकार कृस्न जोशी (वन काइला) ले घरघरमा खाद्यन्न उपलब्ध गराउन थालेका छन्। उनीहरुले काठमाडौं, भक्तपुर र ललितपुरका विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउन थालेका हुन्। निस्वार्थमा भावमा संकटको बेला कोरोना कहरमा आफ्नो ज्यानको प्रवाह नगरी कोही पनि भोकले मर्नू नपरोस भनेर उनीहरु सेवामा जुटेका हुन्।

प्रकाशित: ३० वैशाख २०७८ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App