७ वैशाख २०८१ शुक्रबार
समाज

बुटवलको कोभिड अस्पतालमा अक्सिजन नपाएर ५ संक्रमितको मृत्यु

बुटवलको कोभिड अस्पतालमा उपचारकै क्रममा अक्सिजन सकिएपछि ५ जना संक्रमितको मृत्यु भएको छ । आइसियुमा उपचार भइरहेका संक्रमितहरुलाई दिइरहेको अक्सिजन सकिएपछि उनीहरुको मृत्यु भएको अस्पतालले पुष्टि गरको छ । अस्पतालमा समयमै अक्सिजन नआइपुग्दा ती संक्रमितको अक्सिजन लिन नपाएर मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।  

आज बिहानै अक्सिजन उद्योगबाट आउनु पर्ने कोटा अनुरुपको अक्सिजन दिउँसो सम्म पनि नआउँदा समयमै बिरामीको ज्यान बचाउन नसकीएको उपचारका संलग्न चिकित्सकहरुले बताएका छन । अक्सिजन सिलिण्डरहरु समयमै आपूर्ति नहुँदा करिब आधा घण्टा अक्सिजन दिन नसकिएको चिकित्सहरुले बताएका छन् । अक्सिजन नपाएर मृत्यु हुनेमा बुटवल ११ का २९ बर्षीय युवा,वडा नं. ८ का ५२ वर्षीय पुरुष,वडा नं. १२ की ५९ वर्षीया महिला र १३ नम्बर वडाका ५२ वर्षीय पुरुष र नवलपरासीको बर्दघाटका ४४ वर्षीय एक पुरुष रहेको डा गौतमले जानकारी दिए ।

प्रकाशित: २९ वैशाख २०७८ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App