८ वैशाख २०८१ शनिबार
समाज

गण्डकी प्रदेशमा १६ जनाको ज्यान गयो

गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

निर्देशनालयका अनुसार ज्यान गुमाउनेमा कास्कीका सातजना रहेका छन् । त्यस्तै तनहुँ र म्याग्दीका तीन तीनजनाको पनि ज्यान गएको छ । दाङ, गोरखा र बागलुङका एक–एकजनाको पनि मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले बताएका छन् । मृत्यु हुनेमा नौजना महिला र सातजना पुरुष रहेका छन् ।

मृतकहरुले पोखराका विभिन्न अस्पतालमा उपचार गराईरहेका थिए । बागलुङका मृतकले भने धौलागिरी अञ्चल अस्पतालमा उपचार गराईरहेका थिए । निर्देशनालयका अनुसार प्रदेशमा पछिल्लो २४ घण्टामा मात्र ९४१ जना नयाँ संक्रमित थपिएका छन । ती मध्ये सबैभन्दा कास्कीमा २५१, बागलुङमा २३५ र स्याङजामा १६८ जना रहेको निर्देशनालयको भनाई छ । प्रदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला कास्की बनेको छ । कास्कीमा अहिले संक्रमितको संख्या ३५०२ पुगेको छ । 

प्रकाशित: २९ वैशाख २०७८ ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App