coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

इदलाई व्यवस्थित गर्ने मुस्लिम अगुवाहरुको निर्णय

कोरोनाको कहरले आक्रान्त बनेको रौतहटमा इदलाई व्यवस्थित किसिमले मनाउने निर्णय भएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको मुस्लिम अगुवाहरुको बैठकले कोरोनाको भयावह अवस्थालाई ध्यानमा राख्दै इदलाई व्यवस्थित तरिकाले मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।  

मुस्लिम समुदायको महान पर्व इद उल फित्र मनाउने क्रममा पढिने नवाज मस्जिद, मदरसा, इदगाहा तथा मोस्तवमा त्यहाँ बस्ने मौलवीबाट मात्र पढ्ने निर्णय भएको छ। साथै कोभिड संक्रमणको अवस्थालाई मध्यनजर गरी अनिवार्य मास्क लगाउने र स्वास्थ्य मापदण्डलाई पालना गराउने निर्णय पनि मुस्लिम अगुवाहरुले गरेका छन्।  

आ–आफ्नो टोलमा सामाजिक दूरी कायम गरी भीडभाड नगरी सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्डको पालना गर्ने निर्णय भएको पनि प्रजिअ यादवले जानकारी दिए।  

देशको सबैभन्दा बढी मुस्लिम समुदाय रहेको रौतहटमा मुस्लिम समुदायका अगुवाहरुले वर्तमान अवस्थालाई विचार गर्दै स्वास्थ्य मापदण्डलाई मानेर इद मनाउने निर्णय गर्नुलाई सकारात्मक रुपमा हेरिएको छ।  

बैठकमा रौतहटका नेपाल प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह, गुजरा नगरपालिका उपप्रमुख रौशन खातुन शेख, बदरुद्दीन शाह, महम्मद मकसुद राँकी, मौलाना मोहमदीन कासमी, मौलाना जावेद आलम, कारी हनीफ आलमसहित करिब दुई दर्जन मुस्लिम अगुवाहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २९ वैशाख २०७८ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App