१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विवाह मण्डपबाटै बेहुलासहित दुई जना पक्राउ

बाल विवाह गरेको आरोपमा विवाह मण्डपबाट बेहुलासहित दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हरिनगर वडा नं. ४ का बेहुला २६ वर्षे मिथिलेश पाल र बाल विवाह गराउन भूमिका खेल्ने मिथिलेसका सानो बुबा देवानगञ्ज वडा नं. ५ का फुलचन्द पाललाई प्रहरीले पक्राउ गरेको हो ।  

मंगलबार रातिको लगनमा देवानगञ्ज वडा नं. ५ पाल टोलमा फूलचन पालको घरमा हरिनगर वडा नं. ४ का मिथिलेश र देवानगञ्ज वडा नं. १ का रमानन्द पालको १९ वर्षकी छोरीको विवाह समारोह चलिरहेको थियो । प्रहरीले सूचनाको आधारमा बाल विवाह रोकी बेहुला मिथिलेश र फूलचनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको प्रेस नोटमा उल्लेछ ।  

पक्राउ गरिएका दुवैलाई बाल विवाहमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जनायो । सुनसरीको दक्षिणी क्षेत्रमा बाल विवाहको स्थिति गरिब, विपन्न, मधेसी समुदायका साथै सिमान्तकृत समूदाय दलित, जनजाति र मुस्लिममा अन्य समुदायको तुलनामा उच्च छ ।

कानुनमा विस वर्षभन्दा कम उमेरमा विवाह गर्न गराउने कार्यलाई अपराध मानेको छ । तर, समाजमा बाल विवाह रोकिएको छैन । अभिभावक सहमत भईसकेपछि छोरीचेलीले सहजै स्वीकार गरेर विवाह गर्ने चलन छ ।  

विपन्न समुदायका अभिभावक छोरीलाई पढाउनु भन्दा विवाह गरिदिँदा आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने पनि गरेका छन् । विवाह गरीदिएपछि आफ्नो जिवन आफै चलाउँछन् र झन्झटबाट मुक्त भईन्छ भन्ने गलत मान्यता विपन्न समुदायका अभिभावकमा हुने गरेको गैरसरकारी संस्था सुनसरीका रामसुन्दर मेहताले बताए । उमेर नपुग्दै विवाह गरेपछि पारिवारिक जिम्मेवारी बढ्दै जाँदा एक अर्कामा अविश्वास सिर्जना भई अलग हुने बाटो रोज्ने गरेका थुप्रै घटना छन् ।  

त्यसो त सुनसरीको दक्षिणवर्ती क्षेत्रमा बाल विवाह न्यूनीकरणका लागि किशोर किशोरीहरुलाई परामर्शको माध्यमबाट सचेतीकरण गर्ने, अभिभावकमा बालअधिकार र बालविवाहविरुद्ध बनेका कानुनको बारेमा जानकारी गराउनेलगायतका कार्यक्रम पनि हुने गरेका छन् । सरकारी निकायल परिवार नियोजन, प्रजनन स्वास्थ्य र सानै उमेरमा विवाह गर्दा हुने बेफाइदाका बारेमा बुझाउन गाउँगाउँमा महिला स्वास्थ्य स्वमंसेविका परिचालन पनि गर्ने गरेको छ । तर पनि विपन्न समुदायमा उमेर नपुग्दै विहे गर्ने प्रचलन कायमै छ । यसलाई न्यूनीकरण गर्न अशिक्षा र चेतनाको अभाव नै मुख्य कारक मानिने गरेको छ ।

प्रकाशित: २८ वैशाख २०७८ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App