coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सूर्यबिनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

अरनिको राजमार्ग भक्तपुरको सूर्यबिनायकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं. ६ सूर्यबिनायकस्थित अरनिको राजमार्गमा जगातीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको लु २ ख ४५८८ नं. को टिपरले बिपरित दिशातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२–०२४ प १६८४ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. ८ जगाती बस्ने वर्ष ४० का राजाराम सुवालको मृत्यु भएको हो।  

गम्भीर घाइते उनलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी खटी गई घाइतेलाई तत्कालै उपचारका लागि डा. ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगिएकोमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि अन्नपुर्ण न्युरो अस्पताल माइतीघर काठमाडौ रिफर गरिएकोमा उपचारकै क्रममा सोमबार सम्बन्धित चिकित्सकले मृत घोषणा गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। टिपर र टिपर चालक लमजुङ बेशीशहर गाउँपालिका वडा नं. ११ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. १३ साँगा बस्ने वर्ष ३५ का टार्जुन गुरुङ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: २७ वैशाख २०७८ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App