coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गण्डकी प्रदेशः १९ घण्टामा आठजना संक्रमितको ज्यान गयो

गण्डकी प्रदेशमा थप आठजना कोरोना संक्रमितको ज्यान गएको छ । आइतबार दिउँसो १ बजेदेखि सोमबार बिहान ८ बजे (१९ घण्टामा) आठजना संक्रमितको ज्यान गएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।  

निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार कास्कीका दुई, स्याङजाका दुई, म्याग्दी, रुपन्देही, पर्वत र तनहुँका एक–एकजना गरि आठजनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमध्ये सातजना पुरुष र एकजना महिला रहेको निर्देशनालयले बताएको छ । पोखरा–७ का ६७ वर्षिय पुरुषको आइतबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।  

त्यस्तै पोखरा–१३ का ८७ वर्षिय पुरुषको सोमबार बिहान ७ बजे होम आइसोलेसनमा मृत्यु भएको हो । स्याङजाको फेदीखोला गाउँपालिका–९ की ६२ वर्षिया महिलाको आइतबार बेलुकी गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । स्याङजाकै गल्याङ नगपालिका–३ का८४ वर्षिय पुरुषको चरकमेमोरियल अस्पतालमा मृत्यु भएको निर्देशनालयले बताएको छ ।  

म्याग्दीको धौलागिरी गाउँपालिका–२ का ३७ वर्षिय पुरुषको गण्डकी मेडिकल कलेज, रुपन्देहीको बुटवल–१ का ३४ वर्षिय पुरुषको फिस्टेल अस्पतालमा मृत्यु भएको छ । पर्वतको कुश्मा–१ का ४७ वर्षिय पुरुषको बागलुङस्थित धौलागिरी अस्पतालमा र तनहुँको भानु–१ का ६५ वर्षिय पुरुषको दमौली अस्पतालमा मृत्यु भएको हो । आठजना मृतक थपिएसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७३ पुगेको निर्देशनालयका निर्देशक शर्माले बताए ।

प्रकाशित: २७ वैशाख २०७८ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App