५ वैशाख २०८१ बुधबार
समाज

डोल्पामा अक्सिजन प्लान्ट संचालनमा नआउँदा कोरोना संक्रमितको उपचारमा समस्या

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा नआउँदा कोरोना संक्रमितको उपचारमा समस्या भएको छ । कोरोना संक्रमितको उपचारको भरपर्दो माध्यम मानिएको अक्सिजन नै संचालनमा नहुँदा २४ सै घण्टा अक्सिजन दिनु पर्ने विरामीको लागि समस्या भएको हो । 

जिल्ला अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्टको ब्यवस्थापन गरिएपनि संचालनमा नआउँदा समस्या भएको जिल्ला जनस्वास्थ्या सेवा कार्यालय दुनैका प्रमुख अमरबहादुर शाहीले बताए ।ड्रागन मेडिटेक प्रालि सुर्खेतले अक्सिजन प्लान्ट ढुवानी तथा जडानको जिम्मेवारी लिएको भएपनि हालसम्म जडान नगरिएका कारण संचालनमा नआएको प्रमुख शाहीले जानकारी दिए ।जिल्लामा दिनहुँ संक्रमित बढ्दै गइरहेको बेला अक्सिजन प्लान्ट जडानको लागि बारम्बार ताकेता गर्दा पनि कुनै सुनुवाई नभएको जनस्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।

अन्य प्राविधिकले जडान गर्न नमिल्ने र अक्सिजन प्लान्ट जडानको लागि बायोमेडिकल इन्जिनियर नै चाहिने भएकाले जतिसक्दो छिटोभन्दा छिटो जडानको लागि कार्यालय आफैले प्राविधिक इन्जिनियर झिकाएकोले दुई तिन भित्रमा जडान भई संचालनमा ल्याइने पनि जनस्वास्थ्य प्रमुख शाहीले बताए ।

जिल्लामा हाल सम्म ३५ जना कोरोना संक्रमित रहेका छन ।जसमध्ये ४ जनाको अस्पतालमा राखेर उपचार भइरहेकामा ३ जनाको क्रमिकरुपमा स्वास्थ्यमा सुधार भइरहेको  छ ।एकजना सिकिस्त विरामीलाई भने अक्सिजनको माध्यमबाट उपचार भइरहेको अस्पतालले जनाएको छ ।पछिल्लो समय डोल्पामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भएपनि जिल्लामा पिसिआर परीक्षणको दरलाई बढाउनको लागि किटको मौज्दात सकिएकाले समस्या रहेको पनि जिल्ला अस्पताल डोल्पाकी डाक्टर मेलिना हमालले बताईन ।

प्रकाशित: २६ वैशाख २०७८ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App