coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश प्रहरीले गरे लुकाएको अक्सिजन सिलिन्डर बरामद

बरामद अक्सिजन अस्पताल तथा आधिकारिक वितरकलाई

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले रौतहट, बारा, धनुषालगायतका जिल्लामा लुकाएर राखेको अक्सिजन सिलिन्डर बरामद गरी अस्पताल तथा आधिकारिक वितरकलाई वितरण गर्दै । तस्बिर : नागरिक

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रदेशका विभिन्न जिल्लाबाट लुकाएर राखेको सात सय थान अक्सिजन सिलिन्डर बरामद गरी अस्पताललाई वितरण गरेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईकाअनुसार प्रदेश अन्तर्गतका उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखिएको १३२ थान भरिएको अक्सिजन सिलिन्डर र ५६८ थान खाली सिलिन्डर प्रहरीले बरामद गरेको छ।

बरामद गरिएका अक्सिजन सिलिन्डरलाई सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक वितरकलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने काम गरिएको प्रसाईले बताए।

धनुषा, महोत्तरी, बारा र रौतहटमा उक्त परिमाणको अक्सिजन सिलिन्डर लुकाएर राखिएको थियो। ‘पछिल्लो तीन दिनभित्र उक्त संख्यामा अक्सिजन  सिलिन्डर हामीले बरामद गरेका छौं,’ प्रदेश प्रहरी प्रमुख डीआइजी धिराजप्रताप सिंहले नागरिकसँग भने,‘अक्सिजन अभाव हुन नदिन यस अभियानलाई प्रदेशमा जारी राखिने छ। अहिले कोरोना संक्रमितहरुलाई सबैभन्दा अवश्यक भनेकै अक्सिजन हो, उनले भने,‘मानवता समेत बिर्सेर अक्सिजन लुकाउने कार्यमा सक्रियलाई कानूनी दायरामा ल्याउँछौं।’

अक्सिजन लुकाउने कार्यमा संलग्नहरुबारे अनुसन्धान हुँदैछ एसपी प्रसाईले भने,‘संलग्नहरुमाथि संक्रमण रोकथाम तथा नियन्त्रण ऐनअनुसार कारबाही चलाउँछौंं।’

प्रकाशित: २६ वैशाख २०७८ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App