८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीद्वारा अस्पताललाई २६ वटा अक्सिजन सिलिण्डर प्रदान

अक्सिजनका अभावमा बिरामीहरुको उपचारमा समस्या भइरहेका बेला कपिलवस्तु प्रहरीले २ अस्पताललाई २६ वटा अक्सिजन सिलिण्डर दिएको छ।

प्रहरी उपरीक्षक नवराज अधिकारीले कपिलवस्तु र बहादुरगंज अस्पताललाई सो सिलिण्डर हस्तान्तरण गरेका हुन्। उनले कपिलवस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंह र कृष्णनगर नगरपालिका मेयर रजनप्रताप शाहलाई सिलिण्डर प्रदान गरेका थिए।

अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भइरहेका बेला प्रहरीले विभिन्न उद्योग कलकारखानामा रहेको सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए। 

प्रकाशित: २५ वैशाख २०७८ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App