coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानमा तेह्रथुमकी संक्रमित युवतीको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा तेह्रथुमकी कोरोना संक्रमित युवतीको निधन भएको छ।  

पञ्चकन्या १ तेह्रथुमकी २० वर्षीया युवतीको कोभिड अस्पतालमा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए। उनका अनुसार आज बिहान करिब ५ बजे संक्रमित युवतीको निधन भएको हो। मृतक युवती वैशाख १७ गते प्रतिष्ठान भर्ना भएकी थिइन्। 

उनको पिसिआर रिपोर्ट वैशाख १९ गते पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ। मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०७८ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App