८ वैशाख २०८१ शनिबार
समाज

दीप बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमूख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ। बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै  इजलासले ५ लाख रुपैयाँ धरौटी लिई तारेखमा छाड्न आदेश दिएको हो।

उनीमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मामा लगेको आरोप थियो।

६८ वर्षका बस्न्यातलाई जेष्ठ नागरिक साथै मुटु रोग र कोरोना संक्रमणसमेत भएको भन्दै धरौटीमा छोड्ने आदेश गरेको सर्वोच्च अदालतले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०७८ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App