coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निषेधाज्ञाले राष्ट्रिय जनगणना र परिचयपत्र स्थगन

कोभिड संक्रमण बढेसँगै उदयपुरमा निषेधाज्ञा लागू हुने भएपछि यही वर्ष हुन गईरहेको ‘राष्ट्रिय जनगणना २०७८’ र ‘राष्ट्रिय परिचयपत्र वितरण’का सम्पूर्ण कार्यक्रम अवरुद्ध भएको छ । शुक्रबार मध्यरातिदेखि लागू हुने निषेधाज्ञाले जनगणना र राष्ट्रिय परिचयपत्र वितरणका लागि भईरहेको बिवरण संकलनका कार्यक्रम स्थगन गरिएको हो ।  

निषेधाज्ञामा बजार, पसल, यातायात, शिक्षण संस्थालगायत सम्पूर्ण जीवनशैली अवरुद्ध हुने भएकाले जनगणना र परिचयपत्रका कार्यक्रम तत्काललाई स्थगित गरिएको जिल्ला कोभिड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरले जनाएको छ । डिसिसिएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले भेला, जमघट र भीडभाड हुनेखालका सबै सेवा अर्को निर्णय नभएसम्मका लागि स्थगन गर्ने निर्णय भएको बताए ।  

आउँदो २६ गतेदेखि जेठ १४ गतेसम्म जिल्लाका सबै स्थानीय तहका घरघर पुगेर घरधुरी र घर परिवारको बिवरण संकलन गर्ने कार्यक्रम जनगणनाको थियो । जेठ २५ देखि असार ८ गतेसम्म विभिन्न प्रश्नावलीसहित घरदैलोमै पुगेर तथ्यांक संकलन गर्ने कार्यतालिका बनाएर जिल्ला जनगणना कार्यालयले युद्धस्तरमा तयारी गरिरहेका बेला सुरु निषेधााज्ञाले कार्यक्रम अवरुद्ध पारेको हो ।  

जस अनुसार प्रारम्भिक चरणको सचेतना गोष्ठीदेखि सुपरीवेक्षक र गणक छनौट कार्यसमेत सम्पन्न भइसकेको थियो । छनौट भएका सुपरीवेक्षकहरुलाई आवश्यक तालिमसमेत दिएर फिल्ड पठाउने तयारी भईरहेका बेला कोभिड कहरले निषेधाज्ञा लागू हुने भएपछि जनगणना कार्यक्रम बिथोलिएको जिल्ला जनगणना कार्यालय गाईघाटले जनाएको छ ।  

तथ्यांक शाखा अधिकृतसमेत रहेका जनगणना अधिकारी शिवनारायण महतोले ८ वटै स्थानीयहमा जनगणनाको कार्यक्रम अघि बढिसकेको बताए । जनगणनाको तयारी कार्य धमाधम भईरहेका बेला कोभिडले कार्यक्रम प्रभावित हुन पुगेको उनले बताए । जनगणनाका लागि हरेक स्थानीयतहमा तथ्यांक संकलन गर्न कर्मचारी खटाएर फिल्ड कार्यालयसमेत सञ्चालन भईसकेको छ ।  

सदरमुकाम गाईघाट, बेलटार, मुर्कुची र कटारीमा स्थानीय जनगणना कार्यालय राखेर गणक तथा सुपरीवेक्षक खटाइसकिएको छ । जम्मा १ सय ३४ गणक र ३४ सुपरीवेक्षक खटाइने जनगणनामा ‘मेरो गणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने नारा तय  गरिएको छ ।  

उदयपुरमा बिहीबार नयाँ २३ नयाँ संक्रमित थपिएपछि संक्रमित संख्या ४८ महिला र १ सय २८ पुगेको छ । बिहीबार २७ जना र मंगलबार ३३ जनामा कोभिड पुष्टि भएको थियो । पछिल्लो ३ दिनमा संक्रमितको संख्या ह्वात्तै बढेपछि डिसिसिएमसीले जिल्लामा निषेधाज्ञा लागू गरेको हो ।

प्रकाशित: २४ वैशाख २०७८ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App