८ वैशाख २०८१ शनिबार
समाज

स्थानीय तह निर्णय गर्छन् कार्यन्वयन गर्दैनन्

यही बैशाख १८ गते कोभिड १९ संकट व्यवस्थापन समितिको बैठक बस्यो । बैठकले कोरोना संक्रमित बोक्ने एम्बुलेन्स भाडामा लिने निर्णय गर्यो । त्यो भाडा व्यवस्थापनका लागि स्थानीय तहले तीन दिन भित्र एक एक लाख रुपैयाँ जिल्ला विपद समितिको खातामा जम्मा गर्ने निर्णय भयो ।  

स्थानीयतहका प्रमुख/अध्यक्षले निर्णय अनुसार रकम जम्मा गर्न तयार भएको बताए ।  तर बैठक बसेको तीनदिन बित्यो । विपद व्यवस्थापन समितिको खातामा रकम जम्मा हुन सकेन । फलस्वरुप अहिले कोरोना संक्रमित बिरामीको ओसारपसारमा निकै समस्या भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई स्थानीय तहका प्रमुख/अध्यक्षले प्रतिबद्धता गरे बमोजिमको रकम खातामा जम्मा हुन नसकेको बताए । रकम नहुँदा काम गर्न कठिनाई भइरहेको उनले बताए ।

बैशाख १८ गते बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाट आठै स्थानीयतहले ३ दिनभित्र एम्बुलेन्स भाडामा लिन १/१ लाख जम्मा गर्ने निर्णय भएको थियो । तीन दिन वितिसक्यो तर रकम जम्मा हुन सकेन । गाउँमा संक्रमित ओसारपोसार गर्न मुस्किल भएको समेत प्रशासनले जनाएको छ ।

स्थानीयतहका प्रमुखहरुले आफै निर्णय गर्ने तर आफै कार्यान्वयन नगर्ने कारणले कोरोना नियन्त्रण तथा रोकथाम चुनौतीपुर्ण बन्दै गएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कोभिड संकट व्यवस्थापन केन्द्रमा प्रत्येक स्थानीय तहका प्रमुख÷अध्यक्ष सदस्य रहने व्यवस्था छ ।  

जुम्लामा विहिवार मात्र  ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कुल १८ जनाको पिसिआर जाँच गरिएकोमा ६ जनाको रिर्पोट कोरोना पोजेटिभ देखिएको हो । यो संगै जुम्लामा कोरोना पोजेटिभ हुनेको संख्या ७२ पुगेको छ । जसमा ११ जनाको अक्सिजन दिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । बाँकी संक्रमित होमआइसोलेसनमा बसेका छन् । जुम्लामा दैनिक ६ जनाका दरले संक्रमित बढिरहेको कर्णाली प्रतिष्ठानले जनाएको छ ।  

अस्पतालमा श्वासप्रश्वासका विरामीलाई मात्र भर्ना गर्ने भनिएपछि लक्षण देखाएका संक्रमित पनि घरमै बस्न बाध्य छन् । जुम्लाका आठै स्थानीयतहले ८ देखि १० बेड आइसोलेसन तयार गरेपनि अक्सिजन सिलिण्डर,चिकित्सक छैनन्  । गाउँगाउँमा भएका संक्रमितहरु असुरक्षित रुपमा घरमा बस्न बाध्य छन् ।  

 स्थानीय तहले निर्णय कार्यन्वयन नगर्दा कोभिड विरामीलाई ओसारपसार गर्न सवारी साधन भाडामा लिन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइँ बताउँछन् ।

प्रकाशित: २३ वैशाख २०७८ १७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App