coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाल्पामा जेठ ४ गतेसम्म थपियो निषेधाज्ञा

पाल्पामा जारी निषेधाज्ञा जेठ ४ गतेसम्म लम्बिएको छ। बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गतेदेखि २४ गतेसम्म जारी निषेधाज्ञा थपेर जेठ ४ गते राति १२ बजेसम्म पुर्याउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढेपछि संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञालाई बढाइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए। दैनिक संक्रमितहरुको संख्या थपिँदै जाँदा थप सतर्कता आवश्यक रहेको ठहर गर्दै थप निषेधाज्ञा लम्बाइएको उनको भनाइ छ ।

बैठकले खाद्यान्न पसल बिहान ७ बजेदेखी ९ बजेसम्ममात्र खोल्न पाउने निर्णय गरेको छ। अत्यावश्यक सवारीसाधन, तरकारी, दूध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई भने सञ्चालन गर्न दिने जनाएको छ।

बैठकले औषधी तथा स्वास्थ्य सामाग्रीका पसल २४ घण्टा खुल्ने जनाएको छ। सार्वजनिक र निजि सवारीसाधन सञ्चालनमा रोक लगाउने, सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने निर्णय गरेको छ।

यसैबीच पाल्पामा एक सय २५ सङ्क्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोनाका सक्रिय सङक्रमितहरुको संख्या ७ सय ५७ पुगेको छ । पाल्पामा हालसम्म कोरोनाका कारण ४४ जनाले ज्यान गुमाएका छन्। 

प्रकाशित: २३ वैशाख २०७८ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App