८ वैशाख २०८१ शनिबार
समाज

बेडका लागि सम्पर्क गर्न सार्वजनिक गरिएको मोबाइल अफ !

कोरोनाको नयाँ भेरियन्टसँगै तीब्र गतिमा फैलिरहेको संक्रमणको कारण अस्पतालहरुमा बेडको अभाव भइरहेको बेला सरकारले बेड चाहिए सिधा फोन गर्न आग्रह गरेको छ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा टोलफ्री नम्बरसहित दुई मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ।  

मन्त्रालयले ती नम्बरहरु सम्पर्क गरे पनि एउटा नम्बरको स्वीच अफ गरिएको छ भने अर्को नम्बरमा पनि सम्पर्क हुन सकेको छैन।

‘मैले दुईटै नम्बरमा फोन गरेँ, ९८५१२५५८३९ मा डायल गर्दा गर्दा अफ गरिएको छ भने, त्यसपछि अर्को नम्बर ९८५१२५५८३७ मा फोन गर्दा कल फरवार्ड गर्न सकिएन भन्ने जवाफ आएको छ’ एक पीडितले भने । उनले उक्त नम्बर मन्त्रालयले बेड अभाव छैन भन्ने देखाउन मात्र सार्वजनिक गरेको समेत बताए।

मन्त्रालयले मोबाइल नम्बरहरु क्रमशः ९८५१२५५८३७ र ९८५१२५५८३९  सार्वजनिक गरी सो दुई नम्बरमा सम्पर्क गर्न आग्रह गर्दै ती नम्बरमा फोन गरे बेड उपलब्ध गराउने समेत भनेको थियो। तर, ती नम्बरहरुमा सम्पर्क नै नहुँदा गम्भीर संक्रमितहरु अझ पीडामा छन्।

मन्त्रालयले ११३३ को टोलफ्री नं पनि सार्वजनिक गरेको छ। चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७८ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App