१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निराशाको राजनीतिमा आशाका घेरा

कोरोना संकटमा पनि मुख्य राजनैतिक दलहरु सत्ताको फोहोरी खेलमै अल्झिंदा कोही भने त्यो भन्दा बिलकुल पर रही कोरोना पीडितका लागि उदाहरणीय काम गर्दे छन्। सुकिला राजनीतिक दल र समाजसेवी संघसंस्थाका राम्रा पहलका कारण निराशाको काला बादलमा आशाका उज्याला घेरा देखा पर्देछन्।  

विवेकशील साझा पार्टीले कोरोना पीडित सर्वसाधरणका लागि थालेका नौला पहलहरु यस्तै आशाका किरणभन्दा कम्ता छैनन्। कोरोना पीडितको उपचारमा चाहिने उपचार सामग्री जुटाउनेदेखि दूर–दराजमा रहेका ग्रामिण भेगमा जनचेतना जगाउने काम गर्दे छन्। 

राजनीति फोहोरी खेलमात्र हैन, यसमा आशाका चम्किला घेरा पनि भेटिन्छन्। संकटको बेलामा आशा संचार गर्दे जनताको माझ पुग्ने पार्टी र संघसस्था ‘लाचार सत्ता’भन्दा निकै बलिया हुन्छन्। 

उक्त पार्टीले लकडाउन नभएका जिल्लामा सर्वसाधरण नजिक पुगेर मास्क वितरण गर्ने र सेनिटाइजर प्रयोग गर्न सिकाउँदै छ। यस्तै, लकडाउन भएको ठाउँमा विभिन्न माध्यमबाट जनचेतना फैलाउने काम पनि गर्दे आएको छ।

जनचेतना फैलाउने काममा स्थानीय भाषामा गरेको प्रयोगले धेरैको मन जितेको छ। थारु, मैथिली, शेर्पालगायतका थुप्रै स्थानीय भाषाबाटै कोरोनाका विषयमा भिडियो सन्देश प्रवाह गर्दे आएको छ। ‘चेपाङ भाषाबाट पनि सन्देश दिने तयारीमा छौ,’विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले भने, ‘कोरोनाको विषयमा सामन्य मान्छेले पनि सरल ढंगले जानकारी पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो।’  

नेताहरुलाई गाली गर्ने भन्दा पनि राजनीतिमा आएर यसभित्र रहेको फोहोर सफा गर्ने अभियान लिएको उनले बताए। ‘राजनीति सुकिलो पनि हुन्छ,’ पार्टीका संयोजक मिलन पाण्डे भन्छन्, ‘अहिले हामी जनताको पक्षमा फरक राजनीति गरिरहेका छौ।’ नागरिकको हितमा राजनीति गर्न आएको भन्दै यति बेला पार्टीका सवै साथीभाइको ध्यान कोरोनाकालमा कसरी जनजीवन सहज बनाउने भन्ने तर्फ केन्द्रित रहेको उनले बताए।  

विगतको कोरोनाकालमा पनि पार्टीले जनहितमा विभिन्न काम गरेको पाण्डेले बताए। ‘हामीले संकटमा परेकालाई ‘तातो भात’अभियान पनि सुरु गरेका थियौ,’ उनी भन्छन्, ‘विभिन्न संघसंस्थासंग समन्वय गरेर पीडितलाई थोरै भएपनि राहत दिने काममा सफल भयौ।’  

पछिल्लो समय झनै गम्भीर भएको बताउँदै यसका लागि थप सचेत हुनु पर्ने उनले बताए। ‘कालो बजारीविरुद्ध हामीले हटलाइन समेत संचालनमा ल्याएका छौ,’ उनले थपे, ‘त्यस्तै चिकित्सकको सल्लाहको लागि हेल्प लाइन पनि संचालनमा ल्याएका छौ।’ 

‘तपाईको घरमा थन्किएको पुरानो अक्सिजन सिलिण्डरले कसैलाई नयाँ जीवन दिन सक्छ,’ पुकार बमले अक्सिजन बैंकको महत्व बुझाउदै भने, ‘ विरामीलाई सास फेराउने यो अभियानमा तपाईपनि सामेल हुन सक्नु हुन्छ।’

एम्बुलेन्स, प्लाज्मा, खाद्यान्न, चिकित्सकीय सल्लाहका लागि जानकारी दिन र समस्या समाधानको लागि समन्वयय विवेकशील साझा पार्टीले ९८१३५७७२०७ नम्बरको हट लाइन सुरु गरेको छ।  

त्यस्तै कृतिम अभाव, कृतिम मंहगी, गैरकानुनी भण्डारणलगायतका कार्य नगर्न अनुरोध गर्दे कतै यस्ता कार्य देखिएमा ९८६१३३४०५१ मा जानकारी गराउन आग्रह गरेको छ।  

अक्सिजन बैक  

कोरोनाकालको यो संकटमा केही सामाजिक संस्था पनि आशाको किरण बनेर देखा परेको छ। अक्सिजनको अभावमा विरामीलो ज्यान नगुमाउन् भनेर हाम्रो सानो प्रयास नेपाल, हाम्रो टिम नेपाल र सहानुभूति नेपालको संयुक्त प्रयासमा सास जुटाउने अभियान 'कोभिड–१९ संक्रमितका लागि अक्सिजन बैंक’ सुरु भएको छ।  

अभियानको पहिलो चरणमा अक्सिजनको सिलिन्डर जम्मा गर्दै यसमा उनीहरू प्लान्टमार्फत् अक्सिजन भरे अत्यावश्यक अवस्थामा उपलब्ध गराउन थालेका छन्। गम्भीर अवस्थामा पुगेका र आर्थिक एवं अन्य समस्यामा परेकाहरू प्राथमिकता रहने उनीहरु बताउँछन्। ‘चार पाँच दिनको अवधिमा २ सयभन्दा बढी सिलिन्डर बिरामीका लागि पठाइसकेका छौ,’ हाम्रो सानो प्रयास नेपालका संयोजक पुकार बमले भने, ‘विभिन्न ठाउँबाट खबरहरु आइरहेका छन्।’ विभिन्न नेटवर्कमार्फत मुलुकका विभिन्न ठाउँमा काम गरिहरेको बताउँदै उनले जिल्ला जिल्लामा रहेका स्वयंसेवक मार्फत विभिन्न काम गरिरहेको जानकारी दिए।

एम्बुलेन्स, प्लाज्मा, खाद्यान्न, चिकित्सकीय सल्लाहका लागि जानकारी दिन र समस्या समाधानको लागि समन्वयय विवेकशील साझा पार्टीले ९८१३५७७२०७ नम्बरको हट लाइन सुरु गरेको छ। त्यस्तै कृतिम अभाव, कृतिम मंहगी, गैरकानुनी भण्डारणलगायतका कार्य नगर्न अनुरोध गर्दे कतै यस्ता कार्य देखिएमा ९८६१३३४०५१ मा जानकारी गराउन आग्रह गरेको छ।

‘अक्सिजन मात्र हैन, कोरोनाबाट जोगिने उपाय पनि बाड्दै छौ,’ उनले भने, ‘कोरोनाको यो अवस्थामा सवैबाट सहयोगको अपेक्षा गरेका छौ।’  

अघिल्लो लकडाउनदेखि महामारीका कारण काम खोसिएकालाई खाना खुवाउन थालेका उनीहरुको टिमले अहिले पनि आफ्नो त्यो यात्रालाई निरन्तर जारी राखेको छ। उनीहरूले लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरी गर्नेहरूको जीवनमा परेको संकट बुझेर खाना खुवाउने अभियान थालेका थिए। ‘अब गासको मात्र हैन सासको पनि कुरा आयो,’ आफ्नो नयाँ योजनाबारे उनले भने, ‘त्यसैले विरामीको सासको लागि अक्सिजन बैंकको अभियान थाल्यौ उसले बिस्तारै प्रयोगविहीन वा आफूसँग भएको वैकल्पिक सिलिन्डर सहयोग गर्नका लागि पनि आव्हान गरेका छन्। यसमा कतिपय पर्वतारोहीले हिमाल चढ्दा प्रयोग हुने सिलिन्डर पनि उपलब्ध गराएको बमले जानकारी दिए।

‘तपाईको घरमा थन्किएको पुरानो अक्सिजन सिलिन्डरले कसैलाई नयाँ जीवन दिन सक्छ,’ उनले भने, ‘सास फेराउने यो अभियानमा तपाई पनि सामेल हुन सक्नु हुन्छ।’

आफ्नो समूहले मेडिकल क्षेत्रका विज्ञसँगको सल्लाह अनुरुप काम गरिरहेको बताउँदै आइसीयू, भेन्टिलेटर, रेम्डिसिभिर र अन्य औषधिहरूको सहज उपलब्धताका लागि पनि समन्वय भइरहेको उनले बताए। अभियानमा देशभरका ४ सयभन्दा बढी स्वयंसेवक जोडिएको उनी बताउँछन्।

प्रकाशित: २३ वैशाख २०७८ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App