८ वैशाख २०८१ शनिबार
समाज

यार्सा लिन लुकिछिपि पाटन पुगेका एक जनाको लेक लागेर मृत्यु

फाइल तस्बिर

यहाँको एक पाटनमा यार्सागुम्बा चोर्न पाटन पुगेका एक जना युवकको लेक लागेर मृत्यु भएको छ। जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला पाटनमा पुगेका जुम्ला गुठिचौर गाउँपालिका ३ गज्याङकोटका १७ वर्षीय सुमन रावलको लेक लागेर मृत्यु भएको हो।

लेक लागेर मृत्यु भएका रावलको उपचारको क्रममा काईगाउँ स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताए। यता त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने भोक्पा पाटनमा यार्सा चोर्न पुगेका ४ जनालाई निकुन्जले पक्राउ गरि हिरासतमा राखेको शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाडले जनाएको छ ।अन्य पक्राउ पर्नेहरु सबै जुम्ला जिल्लाका रहेको पनि निमित्त संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए।

वैशाख १७ गते जिल्ला समन्वय समितिको सभाहलमा बसेको सर्वपक्षिय जिल्लास्थित सरोकारवालाको बैठकले यो वर्ष डोल्पाका यार्सायुक्त पाटनहरु आउँदो जेठ १० गतेबाट संकलनको लागि कोभिडको संक्रमणदरलाई मध्यनजर गरेर खुल्ला गर्ने निर्णय गरेको छ ।तर यार्सा पाटनहरु खुला हुनु अगावै  बैशाखको पहिलो साताबाटै यार्सा चोरहरु पाटनमा पुगेर चोर्ने क्रम जारी छ ।गत वर्ष विश्वभर फैलिएको कोभिडको कारणले डोल्पाका यार्सायुक्त पाटनहरु बन्द गरिएका थिए।

प्रकाशित: २३ वैशाख २०७८ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App