७ वैशाख २०८१ शुक्रबार
समाज

सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई काममा बोलाउने

नेपाली सेनाले अवकास प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी गरेको छ । नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र भएपछि  नियन्त्रण तथा आवश्यक उपचारको बन्दोबस्त गर्न सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई बोलाउने तयारी गरेको हो । त्यसका लागि सेनाले सम्बन्धितलाई निर्देशन समेत दिइसकेको छ।  

‘हाल नेपालमा बढिरहेको कोभिड १९ को संक्रमणलाई मध्यनजर राखी यसको नियन्त्रण र रोकथाका लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिका निर्वाह गर्नुपर्ने’ जनाउँदै नेपाली सेनाले अवकास प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले उक्त निर्णय गरेको जानकारी दिए । उनले २०७२ सालभन्दा पछि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालमा रहन ९रिकल टु ड्युटी०का लागि निर्देशन दिएको बताए ।

प्रवक्ता पौडेलका अनुसार २०७२ पछाडि स्वास्थ्य सेवाबाट अवकास प्राप्त गर्ने सेनाहरुको संख्या ३ सय २० छ।

प्रकाशित: २२ वैशाख २०७८ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App