६ वैशाख २०८१ बिहीबार
समाज

कर्णालीमा टिप्पर खस्दा दुई जना बेपत्ता

कर्णाली राजमार्गअन्र्तगत दैलेखको आठविस नगरपालिका ४ खोटेसल्लामा गएराती टिप्पर कर्णाली नदिमा खस्दा दुई जना बेपत्ता भएका छन्। 

लमहीबाट जुम्लातिर सिमेन्ट लिएर गएको बा५ख २१८३ नम्वरको टिप्पर राजमार्गबाट कर्णाली नदिमा खस्दा चालक र सहचालक बेपत्ता भएका हुन्। सडकदेखि १ सय ५० मिटर तल टिप्पर खसेको दैलेख प्रहरीले जनाएको छ।

टिप्परमा चालक र सहचालक रहेको उनीहरु अहिलेसम्म बेपत्ता रहेको दैलेख प्रहरीले जनाएको छ। वेपत्ताहरुको प्रतिकुल मौसमका विच पनि खोजी कार्य भईरहेको प्रहरीको भनाई छ।

प्रकाशित: २२ वैशाख २०७८ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App