coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुत्केरी तथा बच्चावार्डलाई कोरोना अस्पताल बनाइँदै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तगर्तको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले नवनिर्मित सुत्केरी तथा बच्चा वार्ड भवनलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको छ । पोखराका कोरोना संक्रमणका विरामीको संख्या दैनिक बढ्दै गएपछि नवनिर्मित भवनलाई कोरानो संक्रमित विरामी उपचारको लागि उपयोग गरिएको छ ।

२ सय विरामीलाई लक्षित गरी उपचार शुरु गरिने अस्पतालले जनाएको छ । तीन तलाको भवनमा माथिल्लो दुई तलालाई संक्रमितको उपचार गर्ने तथा भुँईतलामा ओपिडी सेवा शुरु गर्ने योजना रहेको प्रतिष्ठानका कोभिड सम्पर्क व्यक्ति (फोकल पर्सन) डा. शरदचन्द्र बरालले बताए ।  

‘विरामीको संख्या बढ्दै गएको छ । भएका ठाँउ खोज्दै उपचार गर्नुपर्ने अवस्था छ । खाली रहेको भवनलाई उपयोग गरिएको छ,’ उनले भने, ‘२ सय बेडको लागि आवश्यक अक्सिजन समेत व्यवस्था गरिने छ ।’ उनका अनुसार अक्सिजन पाईप जडान गर्न प्राविधिकहरुसँग सल्लाह भईरहेको छ । निजी अस्पतालमा कोरोनाको उपचार निकै महंगो छ । महंगो भएकै कारण सर्वसाधारण सरकारीमा आउँछन् । सरकारीमा पनि उपचारको लागि आवश्यक बेड नहुदाँ उपचारमा समस्या हुदैं आएको छ । अस्पतालले आइसोलेसनमा ४० बेड तयार गरेको थियो । तयार गरिएको ४० बेडमा संक्रमति विरामी उपचाररत छन् ।  

‘नयाँ भवनका लागि बेड आईसकेका छन् । अब अक्सिजन सिलिण्डर खरिद प्रक्रियामा छ ’ उनले भने, ‘खरिदको लागि प्रक्रिया पुर्याउनुपर्छ । सरकारी प्रक्रिया कति झन्झटिलो छ भनेर साध्य छैन् ।’ कोरोनाका विरामी अधिकांश अक्सिजन लगाउनुपर्ने परिस्थितिका छन् । त्यसले गर्दा प्रत्येक बेडमै अक्सिजन पुर्याउनुपर्ने जरुरी छ । त्यसको लागि प्राविधिकसँग सल्लाह भईरहेको उनको भनाई थियो । कोरोना संक्रमितको संख्या दैनिकजसो बढ्दै गएको छ । यसले डरलाग्दो संकेत गरेको छ ।  

‘कोरोनाको डरलाग्दो ‘सिनारियो’ छ,’ उनले भने, ‘विरामीको अन्तिम अवस्था भए केही गर्न सकिदैन् । बेलैमा सचेत हुनुपर्छ ।’ उनले लखर लखर बाहिर हिड्न नहुने भन्दै आफु जोगिएर काम गर्नुपर्ने अवस्था रहेको सुनाए । ‘समयमै परीक्षण गर्यो भने संक्रमित भए नभएको थाहा हुन्छ,’ उनको भनाई थियो । डा. बरालका अनुसार सामान्य लक्षण देखिए घरमै आईसोलेशन बस्ने र केही अप्ठ्यारो भए अस्पताल आउनुपर्छ । पोखरामा मंगलबार मात्रै ३ सय ९ जना संक्रमित भएका छन् । जुन संख्या अत्याधिक हो । संक्रमितको संख्या बढ्दै गएपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीको उपचारमा गम्भीरता देखाएको उनको भनाई छ । विरामीलाई अक्सिजन अभाव भने हुन दिइएको छैन् ।  

‘अहिले अक्सिजन सिलिण्डर अभाव छैन । उपचाररत विरामीलाई पुर्याइएको छ,’ डा. बरालले भने, ‘नयाँ भवनको लागि भने ल्याउनुपर्छ ।’ उनले भएका स्रोत र साधनलाई उपयोग गर्दै तयारी गर्नुपर्नेमा जोड दिए । कोरोनाको दोस्रो लहरले ह्वात्तै छोपेको दुईसाता भयो । ‘दैनिक ३०÷३५ विरामीलाई ठूलो साईजको ५० सिलिण्डर खपत हुदैं आएको छ’ उनले भने, ‘त्यही अनुसार २ सय विरामीलाई लक्षित गरी सिलिण्डर ल्याउनुपर्ने अवस्था छ ।’ 

प्रकाशित: २२ वैशाख २०७८ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App