७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोनाबाट धादिङमा महिलाको मृत्यु

कोरोना संक्रमणबाट धादिङको गजुरी गाउँपालिका वडा नं ७ की ८३ वर्षीया महिलाको मृत्यु भएको छ। ती महिला पछिल्लो दुई महिना वीरगन्ज बसेर सोमबार घर फर्किएकी थिइन्। घर फर्कदै गर्दा बिरामी भई भरतपुर अस्पतालमा भर्ना भई कोरोना परीक्षण गर्दा संक्रमण देखिएको थियो।  

संक्रमण पुष्टि भएपश्चात् मृत्यु भएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले जानकारी दिए। यो संँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। ती महिलाको ५६ वर्षीय छोराको पनि गत वैशाख १० गते कोरोना भाइरसका कारण भारतमा मृत्यु भएको थियो।  

धादिङमा मंगलबार एक सय २४ जना कोरोना संक्रमित थपिएका छन्। धादिङको सक्रिय संक्रमितको संख्या चार सय ५० रहेको छ। कोरोना भाइरस संक्रमणको दर दिनानुदिन बढ्न थालेपछि आजदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ।

प्रकाशित: २१ वैशाख २०७८ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App