७ वैशाख २०८१ शुक्रबार
समाज

महामारीमा काईके गाउँपालिकाका जनप्रतिनिधिको उदाहरणीय काम

एक महिनाको सेवा सुविधा कोरोना कोषमा जम्मा गर्ने, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने

डोल्पाको काईके गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधो कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन्। बैशाख २० गते काईके गाउँपालिकाका अध्यक्ष अंगदकुमार रानाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले एक महिनाको सेवासुविधा कोरोना संक्रमितको ब्यवस्थापनको लागि खडा गरिएको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

जिल्लाको सदरमुकाम दुनैमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले आउँदा दिनमा संक्रमनले थप ठूलो रुप लिन सक्ने भन्दै जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा गाउँपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने, गाउँपालिका भित्र कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलब्ध गराउने, वडा नं. १ देखि ७ सम्मका सवै वडामा शिल गर्ने, अनावश्यक हिँड्डुल, भेला, सम्मेलन बन्द गर्ने निर्णय भएको काईके गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष रामचन्द रोकायाले जानकारी दिए।

नेपालगन्ज, काठमाडौं लगाएतका शहरबाट डोल्पा भित्रिने यात्रुहरुलाई कोरोना परीक्षण गर्दा एक्कासी संक्रमितको संख्या बढेपछि जिल्ला संकट व्यवस्थापन समितिले यहि बैशाख २१ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ। सदरमुकाम दुनैदेखि काईकेमा मान्छेहरुको आवतजावत धेरै हुने भएकोले सुरक्षा व्यवस्थामा कडाई गरेको काईके गाउँपालिका डोल्पाले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७८ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App