८ वैशाख २०८१ शनिबार
समाज

रौतहटका तीन स्थानमा कोभिड र एचडियु वार्ड

रौतहटमा कोभिड संक्रमितको उपचारार्थ तीन स्थानमा कोभिड वार्ड र एचडियु वार्डसहितको केन्द्रको तयारी भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति रौतहटले गौर अस्पताल, गौर नर्सिंङ इन्ष्टिच्यूट र चन्द्रपुरमा अक्सिजनसहितको कोभिड वार्ड र गौरमा १५ वेडको एचडियु वार्डको निर्माण गरेको हो।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर अस्पतालमा ३२ वेडको कोभिड वार्ड, १५ वेडको मोनिटरसहितको एचडियु र ४ बेडको भेन्टिलेटरको तयारी भइरहेको जानकारी दिए। उनले गौर नगरपालिकाको सहयोगमा गौर नर्सिङ इन्ष्टिच्यूटमा २५ वेड र चन्द्रपुर, वृन्दावन, गढीमाई गरुडाको सहयोगमा ४५ वेडको चन्द्रपुरको सहिद पार्कमा कोभिड अस्पताल संचालनमा आएको जनाए।

भेन्टिलेटर संचालनका लागि गौर अस्पतालमा दक्ष जनशक्तिको अभाव रहेको हुँदा प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्राचार गरिएको उल्लेख गर्दै प्रजिअ यादवले कोभिड संक्रमण नियन्त्रणका लागि सदरमुकाम गौर चन्द्रपुरसहितका विभिन्न स्थानहरुमा लाग्ने हाटबजार मंगलबारदेखि बन्द गरिएको बताए।

प्रकाशित: २१ वैशाख २०७८ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App