८ वैशाख २०८१ शनिबार
समाज

बाँकेमा कोरोना संक्रमण तीव्रः ६ सय ४ जना नयाँ संक्रमित, ६ को मृत्यु

तीन हजार ९ सय ४५ आइसोलेसनमा, ३ सय ४२ जना डिस्चार्ज

बाँकेमा पछिल्लो २४ घण्टाभित्र ९ सय २४ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ४ जनालाई कोरोना संक्रमण भएको छ। भेरी अस्पतालमा ६ सय २५ जनाको परीक्षण गर्दा मंगलबार ३ सय ९४ जनालाई कोरोना पुष्टी भएको छ। यस्तै नेपालगन्ज मेडिकल कलेजको कोहलपुर ल्याबमा २ सय ९९ जनाको परीक्षण गर्दा २ सय १० जनालाई कोरोना देखियो। यसमध्ये बाँकेका मात्र २ सय ६६ पुरुष र २ सय ५५ महिला गरी ५ सय २१ जना संक्रमित भएका छन्।  

योसँगै बाँकेमा अहिलेसम्मको कुल संक्रमितको संख्या पुरुष ६ हजार ५ सय ३६ र महिला ४ हजार ५ सय ६५ गरी ११ हजार १ सय १ पुगेको छ। यसैगरी बाँकेका ४ र बाहिरी जिल्लाको २ गरी मंगलबार ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म बाँकेका १ सय ४३ र बाहिरी जिल्लाका १ सय २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अहिलेसम्म २ हजार १ सय ५७ पुरुष र १ हजार ७ सय ८८ महिला गरी कुल ३ हजार ९ सय ४५ जना आइसोलेसनमा बसिरहेका छन्।  

यसमध्ये १ हजार ८ सय ७६ पुरुष र १ हजार ६ सय ८७ महिला गरी ३ हजार ५ सय ६३ जना होम आईसोलेसनमा छन्। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज तथा अन्य आईसोलेसन सेन्टरमा ३ सय १९ पुरुष र २ सय १० महिला गरी ५ सय २९ जना बसिरहेका छन्। बाहिरी जिल्लाका १ सय ४७ जनाको बाँकेका अस्पताल तथा आईसोलेसन सेन्टरमा उपचार भइरहेको छ।  

केन्द्रका अनुसार मंगलबार १ सय ८२ पुरुष र १ सय ६० महिला गरी ३ सय ४२ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म ४ हजार २ सय ९७ पुरुष र २ हजार ७ सय १६ महिला गरी कुल ७ हजार १३ जना डिस्चार्ज भइसकेका छन्।

प्रकाशित: २१ वैशाख २०७८ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App