८ वैशाख २०८१ शनिबार
समाज

खोटाङमा थपिए दुईजना कोरोना संक्रमित

खोटाङमा थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो। मंगलबार जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनालाई कोभिड–१९ पुष्टि भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। संक्रमण पुष्टि भएका दुबै पुरुषलाई होम आइसोलेसनमा राखिएको छ।  

पाण्डे थरका पुरुष भने केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ। गुरुङ भने पेशाले चालक हुन्। दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य व्यक्तिको पनि एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको मेयर रिजालले बताए। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार मंगलबारदेखि जिल्ला अस्पतालमा एन्टिजेन परीक्षण सुरु गरिएको हो।  

सोमबार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: २१ वैशाख २०७८ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App