५ वैशाख २०८१ बुधबार
समाज

चिकित्सक कोरोना उपचारमा खटिदा ओपिडी सेवा बन्द

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ओपिडी सेवा बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो । आकस्मिक सेवा मार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा. राजिव शाहले जानकारी दिए ।

सबै चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाको उपचारमा खटिनु पर्ने भयो, डा.शाहले भने,‘ अहिले आकस्मिक वाहेकका सेवा वन्द छन् । ओपिडीमा रहेका जनशक्तिहरु कोरोनाको उपचारका लागि खटिएका छन । ’    

कोरोना भाइरसको विषम परिस्थितिमा प्रतिष्ठानमा कार्यरत कर्मचारी, सर्वसाधारण विरामी तथा   समुदायको सुरक्षाको लागि ओपिडी सेवा बन्द गरिएको हो । इमरजेन्सी बिरामीका लागि प्रतिष्ठानले हटलाइन सेवाको व्यवस्था गरेको छ । जुनसुकै रोगका बिरामीले  १६६०८७५२५५५ नम्बरको हटलाईन सेवा प्रयोग गरेर उपचार विधि बारे जानकारी लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।  

साधारण समस्या भएका विरामीहरुले टेलिफोन मार्फत चिकित्सकलाई परामर्श सेवा लिन सक्नेछन, डा. शाहले भने,‘प्रतिष्ठानमा विशेषज्ञ डा. पुजन रोकाया हाडजोर्नी, डा. सूर्यमान लिम्बु सर्जरी, डा. राजेन्द्रमणि गिरी मेडिसिन, प्रा.डा. सुनिल बुढाथोकी बालरोग, डाक्टर राजिव शाह स्त्री तथा प्रसुति रोग विशेषज्ञले फोनबाट बिरामीलाई परामर्श दिनेछन । ’

 कोरोना संक्रमण बढेपछि जनशक्ति खटन पटन व्यापक गरिएको छ ।  प्रतिष्ठानले २४ सै घण्टा ५ जना डाक्टर राखेर ईमरजन्सी र कोरोनाको उपचारमा लागिरहेको प्रतिष्ठानले जनाएको छ । कर्णाली प्रतिष्ठानका ६ जना चिकित्सकको टोली नेपालगंजको भेरी अस्पतालमा पठाएको छ ।  

कोरोना संक्रमणको उपचारमा खटिरहेका कर्णाली प्रतिष्ठानमा अहिले जिल्ला बाहिरबाट विरामी आउन थालेका छन् । सुर्खेतबाट आएका मध्यम स्वास्थ्य समस्या भएका वेड र अक्सिजन आवश्यक विरामीको समेत उपचार भईरहेको छ । प्रतिष्ठानले एकजना विरामी सिकिस्त विरामी भएको जनाएको छ ।  यसैगरी कोरोना पोजेटिभको संख्या ४८ पुगेको पुगेको छ । प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार ४ वटा बाहिरबाट आएको सेम्पल सहित अन्य जुम्लाका गरी ४८ जना संक्रमित भएका छन ।

प्रकाशित: २१ वैशाख २०७८ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App