coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुनसरीमा एक साता निषेधाज्ञा थप

फाइल तस्बिर

जिल्लामा कोरोना संक्रमणको दर तीव्ररुपमा वृद्धि हुँदै गएपछि सुनसरी जिल्लामा एक साताको लागि निषेधाज्ञा थप भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डिसिसिएमसि बैठकले निषेधाज्ञाको अवधि वैशाख ३१ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो। यसअघि सुनसरीमा वैशाख १७ गते राती १२ बजेदेखि वैशाख २४ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो। पछिल्लो समय सुनसरीमा पनि कोरोना संक्रमणको दर तीव्ररुपमा वृद्धि भइरहेको छ।  

सोही बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पनि आज राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म पुर्णरुपमा रोक लगाउने पनि निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। यद्यपी, महेन्द्र राजमार्ग हुँदै सुनसरी जिल्ला भएर अन्यत्र जाने सवारीसाधनहरुलाई भने रोक नलगाउने बैठकले गरेको छ। होटल तथा रेष्टुरेष्टहरुले अनलाइन अर्डरको होम डेलिभरी तथा ग्राहक आफै आएर प्याकिंग गरि लैजाने टेक अवे विधिबाट सञ्चालन गर्न पाउने निर्णय गरेको छ।  

यस्तै, बैठकले औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नदिने पनि निर्णय गरेको छ। खाद्य वस्तु, खाना पकाउने ग्याँस, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्रीलगायत अत्यावश्यक पसल व्यवसायीहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न दिने र अन्य सम्पुर्ण पसल, व्यवसायीहरु पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ।  

विवाहको लागि बढीमा १४ जनासम्म जन्ति जान आउन दुलाहा र दुलहीसहित २ वटा सवारीसाधनमा ७,७ जनासम्म व्यक्तिहरु ब्यानर राखेर जिल्लाभित्र वा अन्य जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने पनि बैठकले निर्णय गरेको छ।

प्रकाशित: २१ वैशाख २०७८ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App