६ वैशाख २०८१ बिहीबार
समाज

ठूलो मात्रामा राजश्व छलीकाे सूर्ति बरामद

सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको सूर्तिजन्य पदार्थ बोकेको गाडी । तस्बिर : नागरिक

ठूलो मात्रामा सुर्खेत प्रहरीले राजश्व छली गरेको सूर्तिजन्य पदार्थ बरामद गरेको छ। नेपालगंजदेखि सुर्खेत आउँदै गरेको ना४ख ७६५३ नम्वरको ट्रकलाई सुब्वाकुना प्रहरी पोष्टमा नियन्त्रणमा लिई खोजतलास गर्दा ठूलो मात्रामा राजश्व छलीका सूर्तिजन्य पर्दाथ फेला परेको हो।

गोल्डेन काली नामको सूर्तिजन्य प्रहरीले ५४ बोरामा २६ सय प्याकेट नियन्त्रणमा लिएको हो। न्यू पश्चिमाञ्चल ट्रेडर्स कपिलवस्तुको भ्याट नम्वर ३०५३०४७६४ बाट महादेव स्टोर सुर्खेतको भ्याट नम्वर ३०५६५३२५७ मा भ्याटसहित १३ लाख ६६ हजार १ सय ७० रुपैयाँको विल बनाएर सूर्तिजन्य पदार्थ पठाएको पाइएको छ। यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले नियन्त्रणमा लिएको ट्रक प्रहरी कार्यालयमा आएपछि हेरेर परिणम अन्य कुरा थाहा हुने बताए।  

२ दिनअघि पनि राजश्व छली गरेको सूर्तिजन्य पदार्थ प्रहरीले जफत गरेर आन्तरिक राजश्व कार्यालय सुर्खेतमा बुझाएको थियो। राजश्व कार्यालयले १४ लाख धरौटी रकम तिर्ने गरि मुद्दा अघि बढाएको थियो।

प्रकाशित: २१ वैशाख २०७८ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App