coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

४५ जिल्लामा निषेधाज्ञा आदेश जारी

कोभिड–१९ सङ्क्रमण रोकथामको लागि सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गर्ने कार्य भइरहेको छ।  

दैनिक रुपमा निषेधाज्ञाको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन्।  मंगलबारसम्म ४५ जिल्लामा निषेधाज्ञाको आदेश जारी भएको छ। केही  जिल्लामा आंशिक र केही  जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको हो। 

केही जिल्लामा भोली रातिदेखि आदेश कार्यान्वयनमा जाँदै छ भने केही जिल्लामा आजैबाट लागू हुनेछ। अधिकांश जिल्लामा आदेश कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ।  

अहिलेसम्म प्राप्त विवरणअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, , बझाङ, कालीकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ र बैतडी लगायतका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। 

नेपालमा सोमबार मात्र सात हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। १६ हजार ६ सय ५८ पीसीआर परीक्षणमा सात हजार ३ सय ८८ जना र ५ सय १८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यस्तै सोमबारसम्मको संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ। 

प्रकाशित: २१ वैशाख २०७८ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App