७ वैशाख २०८१ शुक्रबार
समाज

बर्दियामा निषेधाज्ञा फितलो

 नयाँ भेरियन्टको कोरोनाको जोखिममा रहेको बर्दियामा जारी निषेधाज्ञा फितलो बनेको छ।कारोना भाइरसको शृङ्खला तोड्नका लागि बर्दिया प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा खासै प्रभावकारी नभएको गुनासो स्थानीयले गरेका छन्।

‘यहाँ नाम मात्रको निषेधाज्ञा छ। गाडी, घोडा चलेकै छन् । व्यवसाय आधा सटर झारेर चलाएका छन्।’ एक स्थानीयले भने। उनले कतिपय व्यवसायीले स्वतस्पुर्त रुपमा व्यवसाय बन्द गरे पनि लुकीलुकी व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरु पनि रहेको बताए।

‘निषेधाज्ञा पालना नगरी व्यवसाय सञ्चालन गर्ने व्यापारीहरु प्नि छन्, उनीहरुकै कारण थप जोखिम पनि बढेको छ, उनीहरुले नै बजारलाई बद्नाम गरेका छन्, बजारमा व्यापक  कालाबजारी भएको गुनासो छ।’ एक स्थानीय व्यापारीले भने।

प्रहरीको आँखा छली झुण्डझुण्ड बनाई बस्नेहरुको कारण निषेधाज्ञा पालना गराउन प्रहरी–प्रशासनलाई पनि गा¥हो भएको छ । एकातिर स्थानीय बजारमै पनि त्यो समस्या छ भने अर्कोतिर नेपाल भारतको खुला सीमाका कारण पनि निषेधाज्ञा पालना गराउन चुनौति रहेको प्रहरी स्रोतको भनाइ छ।

भारतबाट लुकीछिपी मा डिजल र सामान ल्याउने र यताबाट उता पठाउने काममा केही व्यवसायीहरु सक्रिय छन्, यसले बर्दियामा अझ जोखिम बढेको प्रहरी स्रोतको भनाइ छ।

बढ्दो जोखिम कम गर्न र निषेधाज्ञालाई पूर्ण पालना गराउन प्रहरीले भने प्रयास छोडेको छैन। बर्दियाका एसपी ईश्वर कार्की र डिएसपी हेमबहादुर शाहीले निषेधाज्ञा उल्लघंन गर्ने जो कोही पनि प्रहरी कारबाहीबाट अछुतो रहन नसक्ने बताए।  

प्रहरीका अनुसार सोमबार र मंगलबार जिल्लाभर निषेधाज्ञा उल्लंघन गर्ने १ हजार पाँच सय बढी साना तथा ठूला सवारी साधन होल्ड गरिएका छन् । प्रहरीको सक्रियता बढेसँगै निषेधाज्ञामा भने केही सुधार देखिएको स्थानीय विनोद गुप्ताले बताए।‘सडक र चौक चौहारामा कामविहिन झुन्डलाई प्रहरीले तह लगाएको छ, बिना काम घुम्ने ठूला बडा समेत प्रहरी नियन्त्रणमा लिएको छ, जसले निषेधाज्ञा  पूर्णपालनामा प्रहरीले सकारात्मक भूमिका खेलेको छ।’ उनले भने।

प्रहरीका अनुसार नेपाल भारतको ८२ किलोमिटर सीमा कोरोना संक्रमण नियन्त्रणका लागि चुनौति बनिरहेको छ।

प्रकाशित: २१ वैशाख २०७८ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App