१५ चैत्र २०८० बिहीबार
समाज

२४ घण्टाभित्र बाँकेमा १२ संक्रमितको मृत्यु

नयाँ भेरियन्टकाे रुपमा तीव्र गतिले फैलिएको कोरोना संक्रमणबाट बाँकेमा दिनहुँ मृत्युदर बढिरहेको छ । बाँकेमा २४ घण्टाभित्र १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका १० र बर्दियाका २ जना रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ निवासी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा सोमबार दिउँसो २ः३० बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही बैशाख १७ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपनि सोमबार भर्ना भएकी थिईन् ।

यस्तै बर्दिया, बढैयाताल–८ का ३२ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा बैशाख ८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी बैशाख १४ गते भेरी अस्पतालमा भर्ना भएकोमा सोमबार दिउँसो सवा १ बजेतिर मृत्यु भएको हो ।  

यसैगरी कोरोना संक्रमणबाट बाँके, खजुरा गाउँपालिका ७ की ३२ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा उनको सोमबार बिहान साढे ९ बजेतिर मृत्यु भएको हो । यही बैशाख १० गते बागेश्वरी ल्याबमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि उनी बैशाख १६ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् ।  

खजुरा २ कै ३२ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार बिहान साढे ८ बजेतिर मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो । त्यसपछि उनी बैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।  

त्यस्तै बर्दिया, बढैयाताल गाउँपालिका ८ का ४७ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार बिहान ६ः३० बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही बैशाख १७ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए ।  

बाँके, बैजनाथ गाउँपालिका ५ की ३३ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख १६ गते भर्ना भएकी उनलाई १९ गते कोरोना पुष्टी भएको थियो । स्वास्थ्यमा सुधार नआएपछि सोमबार बिहान ६ बजे मृत्यु भएको हो ।  

त्यसैगरी नेपालगन्ज–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पततालमा उनको उपचारका क्रममा सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही बैशाख १५ गते भर्ना भएका उनलाई भोलीपल्ट कोरोना पोजेटिभ देखिएको थियो ।  

नेपालगन्ज–३ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा यही बैशाख ६ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि उनी भोलीपल्ट अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भिर भएपछि उनको सोमबार बिहान साढे ३ बजेतिर मृत्यु भएको हो ।

बैजनाथ गाउँपालिका ८ बाँकेकी ६० वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा आइतबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन अस्पतालमा भर्ना भएकी उनको आइतबार राती सवा १ बजेतिर मृत्यु भएको हो ।  

त्यस्तै कोहलपुर नगरपालिका १५ का ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको आइतबार राती १ बजेतिर मृत्यु भएको हो । मेडिकल कलेजमा बैशाख १७ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन अस्पतालमा भर्ना भएका थिए ।  

नेपालगन्ज–५ का ४८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राती सवा ९ बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही बैशाख ८ गते उनलाई कोरोना पोजेटिभ देखिएपछि बैशाख १४ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।

बाँके, खजुरा ४ का ८२ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा शनिबार भर्ना भएका उनको आइतबार पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि सोही दिन बेलुकी ७ बजेतिर मृत्यु भएको हो ।

यस सँगै बाँकेमा कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय ३८ र बाहिरी जिल्लाका मृतक संख्या १ सय २३ पुगेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । ‘अहिलेको महामारीमा अन्य कुनै रोग नभएका धेरै ब्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु भएको छ,’ उनले भने ।

प्रकाशित: २० वैशाख २०७८ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App